ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाले घट्यो सिकार : पहिलो सिकार याममा एक झारल र एक नाउर मारिने


एबीसी न्यूज

गलकोट, २२ कात्तिक कोरोना कहर हुन्थेन भने यतिबेला बागलुङको ढोरपाटन सिकार आरक्षमा विदेशी पर्यटकको चहल पहल हुन्थ्यो । तर, यस वर्षको पहिलो सिकार याम शुरु भइसके पनि हालसम्म विदेशी सिकारी आउन सकेका छैनन् ।

कोरोना अगाडि धेरै नाउर र झारल शिकार गर्ने नेपालको एक मात्रै ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकार याममा जम्मा एक नाउर र एक झारल मात्र सिकार हुने भएको छ ।

कोरोना त्रासले गत वर्षको चैतदेखि सिकार हुँन नसकेको आरक्षमा यस वर्षको पहिलो याममा तोकिएको झारल र नाउरको सिकार हुने भएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण विभागले चालु आर्थिक वर्षको पहिलो याममा १० नाउर र ६ झारलको शिकारको लागि असोज ९ गते बोलपत्र प्रकाशन गरेकोमा कोरोनाले गर्दा एउटा कम्पनीले मात्रै आवेदन दिएको छ ।

विभागले अन्र्तराष्ट्रिय बोलपत्र आह्वान गरे पनि नेपाल ट्राभल्स कम्पनीले मात्र प्रस्ताव पेश गरेको थियो । सिकार आरक्षको धुस्तुङ्ग ब्लकमा एक झारल र एक नाउरको सिकार गर्न उक्त कम्पनीलाई अनुमति दिएको ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिनुभयो ।

“गत वर्षको दोस्रो सिजनमा कोरोनाले गर्दा १० नाउर र पाँच झारलको शिकार अनुमतिमै सीमित हुन पुगेको थियो”, कँडेलले भन्नुभयो, “यस अघि अनुमति लिए पनि बन्दाबन्दीले सिकार भएन ।” कँडेलका अनुसार कोरोनाले विदेशी सिकारीले बुझाउने राजश्व शून्य जस्तै भएको बताउनुभयो ।

नेपाल ट्राभल्स सफारी कम्पनीमार्फत बेल्जियम नागरिक मंसिर पहिलो हप्ता ढोरपाटन आउने छन् । विदेशी सिकारीले नाउरको लागि रु।एक लाख ६० हजार र झारलको लागि रु। ९० हजार मात्रै राजश्व बुझाउनुभएको छ । प्रतिस्पर्धा नहुँदा नाउर र झारलको सिकार मुल्य निकै घटेर गएको छ । सिकार अनुमति प्राप्त कम्पनीले १५ दिनको अवधिमा आरक्षबाट खटिएका कर्मचारीको प्रत्यक्ष निगरानीमा सिकार गर्नेछन् । आरक्षणमा सिकारका लागि अमेरिका, रसिया, स्पेनलगायतका देशबाट धनाढ्य सिकारी हेलिकप्टर चार्टर गरी ढोरपाटन आउने गरेका छन् ।

कोरोना अघि हिमालयन सफारिज, ग्लोबल सफारिज, नेपाल वाइल्ड लाइफ एडभेन्चर, हिमालय आउटफिटर, ट्रयाक एन्ड ट्रेल्स, नेपाल वाइल्ड फाई, समारीलगायत कम्पनीमार्फत सिकारी आउने गरेका थिए ।

कोरोनाले यस वर्ष अन्य कम्पनीले बोलपत्रै भरेनन् । आरक्षमा असोज–मंसिर पहिलो र फागुन– वैशाख दोस्रो याममा सिकार हुने गरेको छ । बागलुङ, रुकुम र म्याग्दीका केही भागमा यो आरक्ष फैलिएको छ । आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिवाङ र घुस्तुङ गरी सात ब्लकमा विभाजन गरी सिकार खेल्न दिने व्यवस्था गरिएको छ । यसको सुरक्षाका लागि नेपाली सेनाको सत्रुमर्दन गुल्म समेत आरक्ष क्षेत्रमा स्थापना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com