ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमसीसीलाई बीआरआई काउन्टर गर्ने औजार बनाए चीनले विरोध गर्छ – चिनियाँ प्रोफेसर


एबीसी न्यूज

 

काठमाडौं २० कात्तिक,। चीनले एमसीसीको सशक्त विरोध गर्ने बताएको छ । चीनको  नेपाल अध्ययन केन्द्र निर्देशक एवं प्रोफसर जाङ सुविनले अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) लाई काउन्टर गर्ने हतियार बनाए चीनले एमसीसीको सशक्त विरोध गर्ने बताउनु भएको हो ।
एसियन इन्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेसनल रिलेसनले आयोजना गरेको नेपाल–भारत–चीन सहकार्य सम्बन्धी एक वेबिनारमा बोल्दै उहाले नेपाल सरकार र नेपाली जनताले राष्ट्रिय हितलाई केन्द्रमा राखेर बुद्धिमतापूर्वक निर्णय लिने अपेक्षा आफूहरुले गरेको बताउनुभयो ।

उहाले विरोधका लागि मात्र विरोध गर्न नहुने भन्दै अमेरिका, चीन र भारतका लागि नेपाल विन विन सहकार्यको प्लेटफर्म हुनुपर्ने र यो नै नेपालका लागि राम्रो हुने धारणा ब्यक्त गर्र्नुभयो । उहाँले भन्नुभयो , ‘यदी अमेरिकाले वास्तवमा नै एमसीसीमार्फत नेपालको पूर्वाधार निर्माणमा सहयोग गर्न चाहेको हो भने नेपालका साथीहरुको एमसीसीले नेपालको सार्वभौमसत्ता र आर्थिक विकासमा पार्न सक्ने असरसम्बन्धी चिन्तालाई सम्वोधन गर्नका लागि यसलाई आवश्यक संशोधन गर्दा सजिलो हुन्छ । उहाले नेपालले कुनै सम्भावित हानी नगर्ने सबै मुलुकको आर्थिक सहयोगबाट फाइदा लिने विश्वास समेत व्यक्त गर्नुभयो ।

उहाले भन्नुभयो , ‘तपाईंहरुलाई लाग्छ, एमसीसी तपाईहरुका लागि राम्रो छ, यसलाई स्वीकार गर्नुस्, राम्रो छैन भन्ने लाग्छ भने कुनै हिच्किचाहटविना अस्वीकार गर्नुस् । मलाई लाग्छ, यस सम्बन्धमा श्रीलंकाले नेपालका लागि एउटा उदाहरण पेश गरेको छ ।’

कार्यक्रममा बोल्दै अमेरिकाको हावर्ड विश्वविद्यालय अन्तर्गतको हावर्ड एसिया सेन्टरका अनुसन्धानकर्ता अनु अनवरले नेपाललाई सबैभन्दा पहिला आफ्नो राष्ट्रिय लक्ष्य पहिल्याएर भारत र चीन दुवैसँग सहकार्य गर्न सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो, ‘भारत र चीनका वीचमा नेपाल रहेको छ । विश्वमा हेर्ने हो भने साना मुलुकहले पनि राम्रो आर्थिक विकास गरेर शक्ति आर्जन गरेका छन् । उदाहरणका लागि बेल्जियम र सिंगापुरलाई हेर्न सकिन्छ ।’

उहाले दक्षिण एसियाका साना मुलुकहरुले ग्रेट पावरसँग प्रतिस्पर्धा नगरी आर्थिक विकासका लागि सहकार्य गर्नुपर्ने बताउनुभयो । साथै उहाले दक्षिण एसियामा अमेरिकाले इन्डोप्यासेफिक रणनीतिअन्तर्गत विभिन्न भूमिका खेलको तर दक्षिण एसियाको विकासका लागि योगदान गर्न सक्ने गरी नआएको समेत बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com