ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाबाट होम आइसोलेशनमै दुई संक्रमित सहित तीन जनाको मृत्यु


एबीसी न्यूज
कार्तिक १५, २०७७ शनिबार  ९ : ४१ बजे

काठमाडौं, १५ कात्तिक । नवलपरासीपूर्व कावासोती नगरपालिका ६ निवासी ६८ वर्षीय पुरुष र गैंडाकोट नगरपालिका २ निवासी ७७ वर्षीया महिलाको होम आइसोलेशनमा आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले जानकारी दिनुभयो ।

मृतक दुबैको सुरक्षा निकाय, स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिको निगरानीमा घर परिवारले नै दाहसंस्कार गर्ने चापागाईंले बताउनुभयो । यसैवीच नेपालगञ्जमा उपचाररत कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । बाँकेको नेपालगञ्जमा उपचाररत दाङका एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको हो ।

घोराही उपमहानगरपालिका वडा नं। ४ निवासी ७० वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा आज बिहान ५ बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
कात्तिक ११ गतेदेखि नै आइसियूमा उपचार भइरहेका ती वृद्धमा १२ गते बेलुका मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो। स्वासप्रश्वासमा समस्या देखिएका उनको स्वास्थ्यमा सुधार नआएपछि मृत्यु भएको हो।

योसँगै बाँके जिल्लामा बाहिरी जिल्लाबाट उपचारका लागि लगिएका १८ जना र बाँके जिल्लाका मात्रै ३० जनाको कोरोनाले मृत्यु भइसकेको श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बीमा प्राधिकरण सञ्चालक समितिको अध्यक्षमा चन्द्रकला पौडेललाई तोक्ने निर्णय

बालेनको दोहोरो मापदण्ड : ‘मेयर हुँदा सुकुम्बासी हटाउन डोजर चलाए, अहिले भूमि आयोगलाई दोष थोपर्दै छन् ‘

सम्बन्धित

ग्रोकबाट बनेका यौनिक एआई तस्बिरहरूको कारण एलन मस्कको एक्समाथि युरोपेली अनुसन्धान

प्रचण्डलाई प्रेसर दिने रुकुम पूर्व : ३४ हजार ७७२ मतदाताको वडागत तथ्यांक सार्वजनिक !

बालेनको दोहोरो मापदण्ड : ‘मेयर हुँदा सुकुम्बासी हटाउन डोजर चलाए, अहिले भूमि आयोगलाई दोष थोपर्दै छन् ‘

मार्क टली र नेपाल : दक्षिण एसियाका साक्षीको नेपाली पक्षहरू

नेपालगञ्जमा ५ जना बालेन समर्थक घाइते

बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी : ‘नेपालगञ्जमा ५ जना समर्थक घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com