ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दशैँपछि कोरोना सङ्क्रमण बढ्ने आँकलन : ‘एन्टिजेन टेस्ट’ को तयारीमा सरकार


एबीसी न्यूज

काठमाडौं, १४ कात्तिक ।   दशैँ पछाडि घरबाट फर्किनेहरुबाट काठमाण्डौ उपत्यकामा कोभिड–१९ सङ्क्रमण झनै बढ्ने आँकलन भइरहेको छ । यसलाई ध्यान दिँदै सरकारले उपचारका लागि हाई डिपेन्डेन्सी युनिट (एचडीयू) को सङ्ख्या बढाउने रणनीति अपनाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ । तर जनस्वास्थ्यविद्हरुले भने उपचारको तयारी सँगसँगै समुदायस्तरमा पीसीआर परीक्षणलाई व्यापक बनाउनुपर्ने बताएका छन् ।

दशैँ सकिएसँगै अहिले देशका विभिन्न ठाउँबाट काठमाण्डौ उपत्यका आउनेहरुको भिड बढेको छ । उपत्यका त्यसै पनि कोभिड–१९ सङ्क्रमणको उच्च दर रहेको ठाउँ हो । विभिन्न ठाउँबाट आउनेहरुको सङ्ख्या बढेसँगै स्वभाविक रुपमा सङ्क्रमण बढ्ने उच्च जोखिम पनि रहन्छ । सार्वजनिक यातायातमार्फत उपत्यका भित्रिनेहरुमा अझ बढी सङ्क्रमण हुन सक्ने सम्भावना पनि छ ।

यस्तै सार्वजनिक यातायातमा तथा यात्रा गरिरहेका यात्रुहरुले स्वास्थ्यसम्बन्धी मापदण्ड पालना नगर्दा पनि कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले सङ्क्रमण बढ्ने जोखिमको आँकलन गरेर सरकारले पूर्वतयारी गरिसकेको बताउनुभयो । हाई डिपेन्डेन्सी युनिट र आइसोलेशन वार्डको तयारी गरिसकेको उहाँले बताउनुभयो । सङ्क्रमणको जोखिम कम गर्ने पहिलो दायित्व व्यक्ति स्वयंको भएकोले सरकारले कारबाही गर्छु भन्दै डर देखाएर जोखिम कम गर्न सक्दैन, उहाँले भन्नुभयो ।

यसैले व्यक्ति स्वयंले पनि काठमाण्डौ फर्किसकेपछि कम्तीमा एक हप्ता क्वरेण्टीनमा बस्न सरकारले अनुरोध गरेको पनि प्रवक्ता गौतमले बताउनुभयो ।

जनस्वास्थ्यविद् डाक्टर समीरमणि दीक्षितले भने दशैँमा घरबाट फर्किएर काठमाण्डौ आउनेहरुबाट सङ्क्रमण फैलने भन्दा उपत्यकाभित्र रहेकाबाट नै सङ्क्रमण फैलने सम्भावना बढी रहेको बताउनुभयो । गाउँभन्दा काठमाण्डौ उपत्यकामा नै सङ्क्रमण उच्च भएकोले बाहिरबाट आउनेहरु नै जोगिनुपर्ने उहाँले बताउनुभयो ।

काठमाण्डौमा सङ्क्रमणमा नपर्नका लागि नियमित रुपमा मास्क लगाउने, दुरी कायम गर्ने र भिडभाडमा नजाने गर्नुपर्ने हुन्छु, दीक्षित भन्नुहुन्छ । जाडो मौसममा घरभित्र खुला वातावरण नहुने भएकाले पनि धेरै सावधानी अपनाउनुपर्ने उहाँको भनाइ छ । जोखिम समूहमा पर्ने व्यक्तिहरुलाई जोगाउनका लागि घरभित्रै पनि अनिवार्य मास्क लगाउनुपर्नेमा उहाँले जोड दिनुभयो । आफूबाहेक अरु सबै सङ्क्रमित छन् भन्ने सोच बनाइ सावधानी अपनाउन डा। दीक्षितको आग्रह छ ।

यस्तै सरकारले पीसीआर परीक्षणलाई अझ व्यापक बनाउनुपर्ने उहाँले बताउनुभयो । जाडो मौसम रुघाखोकी लाग्ने समय भएकाले पनि मौसमी रुघा खोकी हो वा कोरोना हो छुट्याउन समुदायस्तरमा नै निःशुल्क परीक्षण गर्नुपर्ने व्यवस्था राज्यले गर्नुपर्ने उहाँको भनाइ छ ।

सरकारले कोरोना सङ्क्रमण फैलिन नदिन विभिन्न माध्यमबाट नागरिकलाई सचेत गराए पनि नागरिक स्वयंले यसको कठोर पालना नगर्दा सङ्क्रमणको दर बढिरहेको छ । युरोपेली देशहरुमा सङ्क्रमण दोहोरिएर भइरहेको घटनालाई पनि सरकार र नागरिक दुवैले हेरेर सतर्कता अपनाउनुको विकल्प छैन ।

यता स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम नेपालमा फ्लुको खोपको प्रभावकारिता नभएको बताउनुभयो ।

‘एन्फ्लुएन्जाको पनि फरकरफरक स्ट्रेन छ, हाम्रोजस्तो धेरै इन्फ्लुएन्जा भइरहने मुलुकमा यसको खास अर्थ छैन, आवश्यक ठान्नेले लगाउँदा केही फरक पर्दैन ।’ महामारी बढ्दै गएपछि सरकारले अस्पतालहरूमा ‘हाई डिपेन्डेन्सी युनिट (एचडियु)’ अर्थात् सेमी आइसीयु बेड थप्न सुरू गरेको उहाँले बताउनुभयो ।

‘हाम्रो हालको सिस्टमले ३० हजारसम्म सक्रिय संक्रमित थेगिरहेको छ । एक समय ४६ हजारसम्म पनि एक्टिभ केस पुग्यो, । यसबेला निकै गारो भयो,’ डा.गौतमले भन्नुभयो , ‘जाडोयाममा संक्रमित बढ्ने पक्का छ, हामी अहिले धमाधम एचडियु थपिरहेका छौँ ।’

उहाँका अनुसार देशभर ३ हजार बेड एचडियु थप्न लागिएको छ । काठमाडौँ उपत्यका त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालसहितका विभिन्न अस्पतालमा १ हजार  एचडियु थप्ने प्रकिया अघि बढेको छ ।

महामारी बढ्दै जाँदा सरकार पीसीआर परीक्षणको विकल्पतर्फ पनि अघि बढेको डा. गौतमले बताउनुभयो । उहाँका अनुसार अब सरकारले ‘एन्टिजेन’ टेस्ट र ड्राई पीसीआर गर्ने प्रकिया अघि बढाउनेछ ।

संक्रमितको शरीरमा विकास हुने एन्टिबडीसँगै पीसीआरले झैँ जीवाणु छ कि छैन भनेर पत्ता लगाउन र्‍यापिड टेस्ट किटमार्फत गरिने परीक्षण ‘एन्टिजेन’ टेस्टको काम एक महिनाभित्रै सुरू गर्ने तयारीका साथ काम अघि बढेकोउहाँले बताउनुभयो ।

यसबाट आधा घण्टामा सयौँको परीक्षण रिपोर्ट दिन सकिने पनि गौतमले बताउनुभयो ।  यो विधि अमेरिका, दक्षिण कोरिया लगायतका मुलुकले अवलम्बन गर्दै आएका छन् । एन्टिजोन परीक्षण सुरू भएपछि मास स्क्रिनिङ पनि सुरू हुनेछ ।  त्यसको प्रयोग सुरक्षाकर्मीका ब्यारेक तथा स्कूल कलेजमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com