ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देहरादूनको गुम्बा स्कूलमा घर फर्किन खोज्ने ५१ नेपाली विद्यार्थीमाथि निर्घात कुटपिट, उद्दार गरिदिन अभिभावकको आग्रह


एबीसी न्यूज

काठमाडौँ, १३ कार्तिक । भारत देहरादूतस्थित शाक्य गुम्बाले सञ्चालन गर्दै आएको बोर्डिङ स्कूलबाट घर फर्किन खोज्ने ५१ नेपाली विद्यार्थीमाथि निर्घात कुटपिट भएको छ । कुटपिटमा परेकामध्ये ४२ जना घाइते भएका छन् ।

अभिभावकले घाइते विद्यार्थीलाई सकुशल स्वदेश फिर्ता गराइदिन सरकारसँग माग गरेका छन् । ‘खानेबस्ने राम्रो व्यवस्था नभएपछि बच्चाहरू घर फर्किन निवेदन लिएर प्रिन्सीपल कहाँ पुगेका रहेछन्’ कुटाइ खाने विद्यार्थीका अभिभावक ग्याल्जेन शेर्पाले भन्नुभयो, ‘एक्कासी स्कूलका अध्यक्ष लामा आएर कुटपिट गरेछन् । घाइते विद्यार्थीको शरीरभरी निलडाम भएको छ ।’

ग्याल्जेन शेर्पाका दुई छोरा १७ वर्षीय निमा र १३ वर्षीय सोनाम चार वर्षदेखि त्यहाँ छन् । उनका भाइका दुई छोरा पनि त्यही बसेर पढ्छन । तीमध्ये पस्टेम्पा शेर्पा नराम्ररी बिरामी परे । उनको मानसिक सन्तुलनसमेत बिग्रियो । गुम्बा र स्कूलले उनको उपचार नगरेर घर फर्काइदियो । घर फर्केर उपचारपछि अहिले उनको स्थिति सामान्य बन्दैछ ।

गुम्बाले सञ्चालन गरेको सो शाक्य एकेडमी बोर्डिङ स्कूलमा नेपालका बाग्लुङ, रुकुम, जुम्ला, हुम्ला, सिन्धुपाल्चोक, रामेछापलगायतका जिल्लाबाट ६९ विद्यार्थी अध्ययनरत थिए । ‘आर्थिक स्थिति कमजोर छ । त्यसमाथि भुकम्पले घर भत्कियो । निशुल्क बोर्डिङ स्कूल पढाउने लोभमा छोराहरुलाई देहरादून पठाएँ । अहिले यस्तो भयो’ ग्याल्जेनले बताउनुभयो ।

गुम्बाको सो स्कूलमा राम्रो व्यवहार नभएपछि केही समयअघि मात्र १८ जना नेपाली विद्यार्थी स्वदेश फर्किएका थिए । अरू पनि घर फर्किन चाहेपछि गुम्बा व्यवस्थापनले कडाई गरेको थियो । विद्यार्थीलाई घर परिवारसँग सम्पर्क गर्नसमेत दिइएन । काभ्रेका एक शिक्षक त्यहाँ पढाउँछन्, उनको समेत मोबाइल खोसिएको छ ।

काठमाडौंको बौद्धस्थित आनी गुम्बासम्म खबर आएपछि विद्यार्थीका अभिभावकले सरकारसँग उद्दारका लागि आग्रह गरेका छन् ।

राष्ट्रिय मानवअधिकार आयोगका निवर्तमान सदस्य मोहना अन्सारीले ती विद्यार्थीको उद्दारका लागि आग्रह गर्दै गरेको ट्विटमा नयाँ दिल्लीस्थित नेपाली राजदूत निलाम्बर आचार्यले ‘दूतावासले खोजखबर लिन्छ’ भन्ने प्रतिक्रिया दिनुभएको छ । त्यस्तै, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सत्यतथ्य बुझ्ने प्रक्रिया सुरु भइसकेको बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com