ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

परीक्षण कम हुँदा संक्रमितको संख्यामा कमी, ७४ प्रतिशत निको ( यस्तो छ ४ दिनको परीक्षण विवरण)


एबीसी न्यूज

काठमाडौं, १२ कात्तिक ।   दशैँका कारण परीक्षण कम हुँदा नेपालमा कोरोना संक्रमितको संख्यामा पनि कमी देखिएको छ ।

एक महिना यता औषतमा १८ हजार हाराहारी परीक्षण हुँदै आएकोमा मंगलबार २ हजार ७२५ मात्रै पीसीआर परीक्षण हुँदा ५७० संक्रमित थपिए । सोमबार पनि ५ हजार ६ वटा नमूनाको मात्रै पीसीआर परीक्षण हुँदा १ हजार ७४१ संक्रमित भए । अर्थात् कात्तिक ८ मा महाअष्ठमी सुरू भए यताका ४ दिनमा जम्मा ३३ हजार ९०४ वटा नमूनाको मात्रै परीक्षण भएको छ । ४ दिनमा भएको उक्त परीक्षणमा ७ हजार ३९२ संक्रमित थपिएका छन् ।

यस्तो छ ४ दिनको परीक्षण विवरण

कात्तिक ८ -१३८४६ पीसीआर परीक्षण २२२५ संक्रमित

कात्तिक ९-१२३११ पीसीआर परीक्षण २८५६ संक्रमित

कात्तिक १० – ५००६ पीसीआर परीक्षण १७४१ संक्रमित

कात्तिक ११- २७२५ पीसीआर परीक्षण ५७० संक्रमित

७४ प्रतिशत निको

नेपालमा कोरोनामुक्त हुने दर ७४.१ प्रतिशत नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार अपराह्नसम्म एक लाख १८ हजार ८४३ जना कोरोनामुक्त भएका छन्।

प्रदेश १ मा ११ हजार २९, प्रदेश २ मा १६ हजार चार सय ७८, बागमतीमा ५७ हजार नौ सय ५५, गण्डकीमा पाँच हजार सात सय ६०, लुम्बिनीमा १४ हजार पाँच सय १०, कर्णालीमा चार हजार ६ सष २० र सुदूरपश्चिममा आठ हजार चार सय ९१ संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा मात्रै तीन हजार १६८ जना कोरोनामुक्त भएका छन्।

नेपालमा मंगलबार अपराह्नसम्म कोरोना संक्रमितको संख्या एक लाख ६० हजार चार सय पुगेको छ।

४० हजार ६८१ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये २८१ जनाको आईसीयूमा र ७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । ३२ हजार चार सय ६४ संक्रमित होम आइसोलेसनमा छन्।

झापा, मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी पूर्व, दाङ, रुपन्देही, बाँके, सुर्खेत र कैलालीमा पाँच सय बढी सक्रिय संक्रमित छन् । मुस्ताङमा सक्रिय संक्रमित छैनन्।मंगलबारसम्मको विवरणअनुसार नेपालमा ८७६ संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com