ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७५७ पुग्यो, थप ३, ७९० संक्रमित


एबीसी न्यूज

काठमाडौं, ३ कात्तिक ।  ३ कात्तिक । नेपालमा बितेको २४ घण्टामा कोरोना भाईरस (कोभिड-१९) संक्रमणका कारण थप १८ जनाको मृत्यु भएको छ । हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ७५७ पुगेको सरकारी तथ्यांकमा उल्लेख छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा १५ हजार ७१४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ ।

देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४० हजार नाघेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ७७८ पुगेको हो । सक्रिय संक्रमितमध्ये १३ हजार ८५१ जना संस्थागत आइसोलेशन र २६ हजार ९२७ होम आइसोलेशनमा रहेको स्वास्थय मन्त्रालयको तथ्यांमा उल्लेख छ । पछिल्लो २४ घण्टामा २,३३५ जना कोरोनाबाट निको भएका छन् । यस्तै हालसम्म निको हुनेको कुल संख्या ९४ हजार ५०१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा मात्रै २३८८ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंका २००८ जना, ललितपुरका २८१ र भक्तपुरका ९९ जना छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

सम्बन्धित

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com