ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नवरात्रिको तेस्रो दिन


एबीसी न्यूज
कार्तिक ३, २०७७ सोमबार  ७ : १२ बजे

काठमाडौं,  ३ कात्तिक ।आज नवरात्रिको तेस्रो दिन अर्थात नवर्दुगाको तेस्रो रुप चन्द्रघण्टा भगवतीको पुजाआरधना गरि मनाईदै छ । नेपाली समाजमा मनाइने महान पर्व वडा दशैंको तेस्रो दिन आश्विन शुक्ल तृतीया तिथिमा देवी दुर्गा भवानीको तेस्रो रुप माता चन्द्रघण्टाको पुजाआरधना गरिन्छ । जगदम्बाको तेस्रो शक्ति नाम चन्द्रघण्टा हो । नवरात्रिको तेस्रो दिनमा पुजिने यिनको स्वरुप शान्तिदायक र कल्याणकारी छ । साथै यिनको मस्तकमा ‘घण्ट’ आकारको अद्र्धचन्द्र भएको हुनाले यिनलाई चन्द्रघण्टा भनिन्छ । चन्द्रमा शीतलता र कलाको प्रतीक हुन् ।

चन्दकलाका साथै प्रकृतिको सिर्जना शक्तिले जगतलाई सुन्दर, समृद्ध र ऐश्वर्यशाली बनाउने देवीको योगदान रहेको शास्त्रमा छ । चन्द्रघण्टादेवीको शिरमा अर्धचन्द्रको आभूषण हुने र यो मुकुट घण्ट जस्तो हुदां यी देवीलाई माता चन्द्रघण्टा भनिएको हो । चन्द्रघण्टादेवीको वदन वर्ण गुलावी रङको रहेको र आकार बाघमाथी चढेको हामी चित्रमा देख्न सक्छौं । माता चन्द्रघण्टा भवानीको पूजा आराधनाका लागी भक्तजन आज देवीमन्दिर चण्डीथान देउराली तथा घरघरमा देवीको आराधना गरि भक्तजन आज पूजन गरिरहेका छन् । गांउघर तथा वस्तीहरुमा देवीको योगदान तथा शक्तिका बारेमा विभिन्न ग्रन्थ तथा स्तोत्र वाचन गरी दवी महिमाको गुणगान, कथावाचन तथा श्रवण गरिंदै छ ।

यसै गरी काठमाडौंको हनुमानढोका स्थित दशैंघर नजिकै रहेकी तलेजु भवानीका साथै उपत्यकामा रहेका देवमन्दिर तथा शक्ति पीठ गह्येश्वरी, मैतीदेवी, नक्सालभगवती, कालिकास्थान, भद्रकाली, संकटा, रक्तकाली, दक्षिणकाली र शोभाभगवतीका मन्दिरमा नवरात्रिको विशेषपूजा शुरुभएको छ ।

साथै नरदेवी, विजयेश्वरी, इन्द्रायणी, बगलामुखीमा पनि दशैंको विशेष पूजा गरिंदैछ । यसरी नै मुलुकभर रहेका देवीमन्दिर तथा शक्तिपीठमा देवीभवानीको पूजाआरधना भईरहेको छ । पूर्वकी पाथीभरा देवी रक्तकाली, कालिञ्चोक भगवती, पलाञ्चोक भगवती, लिस्तीमाई, चण्डेश्वरी, चामुण्डा लगायत देशका थुमथुम र गढीग्राम,दुर्गमा रहेका देवीमन्दिरमा बढो उत्साहका साथ भगवतीको पूजाअर्चना भइरहेको छ । यस वर्ष कोरोनाका कारण नित्य पूजा बाहेक भीडभाड नगर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँछ – राष्ट्रपति

सम्बन्धित

भारतको सबैभन्दा पुरानो समाचार एजेन्सी यूएनआईको कार्यालय ‘सिल’

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँछ – राष्ट्रपति

पेन्टागनको पत्रकार प्रतिबन्ध असंवैधानिक ठहर : अमेरिकी अदालतको ठूलो फैसला

जेनजी आन्दोलन प्रतिवेदन: ओली, लेखक र सिग्देलविरुद्ध कारबाही सिफारिस

“रास्वपा जित्यो भन्दा बढी सत्य कांग्रेस हार्‍यो” – विश्वप्रकाश शर्माको २७ बुँदे समीक्षा प्रतिवेदन (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com