ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वभर कोरोना संक्रमितको संख्या चार करोड नजिक, ११ लाख १४ हजारको मृत्यु


एबीसी न्यूज

काठमाडौं, २ कात्तिक ।  विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ४ करोड नजिक पुगेको छ ।

विश्वभरका संक्रमित व्यक्तिको विवरण राख्दै आएको वल्डोमिटरका अनुसार अहिलेसम्म विश्वभर ३ करोड ९९ लाख ३८ हजार ५ सय ६५ जनामा कोरोना पुष्टि भएको छ ।

जसमध्ये निको हुनेको संख्या झण्डै ३ करोड छ । २ करोड ९८ लाख ८४ हजार ७ सय ८८ जना डिस्चार्ज भएका छन् । बाँकी ८९ लाख ५६ हजार ९३२ जनाको उपचार भइराखेको छ ।

उपचार गराइराखेका मध्ये ७१ हजार ९ सय ३४ जनाको अवस्था जटिल छ । ८ लाख ७१ हजारको अवस्था सामान्य रहेको वल्डोमिटरले जनाएको छ ।

अहिलेसम्म विश्वभर ११ लाख १४ हजारको भने कोरोना संक्रमणका कारण ज्यान गएको छ । विश्वभर सबैभन्दा धेरै अमेरिकामा ८३ लाख ४२ हजारमा कोरोना पुष्टि भएको छ । जसमध्ये ५४ लाख ३२ हजार निको भएका छन् । २ लाख २४ हजारको भने मृत्यु भएको छ ।

७४ लाख ९२ हजारमा कोरोना पुष्टि भएको भारतमा ६५ लाख ९४ हजारले कोरोना जितेका छन् । १ लाख १४ हजारको कोरोनाले मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै भारतमा १ हजार ३२ जनाको मृत्यु भएको छ । यसैगरी संक्रमित धेरै भएको देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा ५२ लाख २४ हजारमा कोरोना पुष्टि भएको छ । त्यहाँ ४६ लाख ३५ हजार निको भएका छन् भने १ लाख ५३ हजारको मृत्यु भएके छ ।

पहिलो संक्रमण पुष्टि भएको ९ महिना पुग्दा नेपालमा संक्रमितको संख्या एक लाख २९ हजार ३०४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८९ हजार ८४० डिस्चार्ज हुँदा ७२७ जनाको कोरोनाले मृत्यु भएको छ । नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ३८ हजार ७३७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com