Accuracy, Balance & Credibility

पछिल्लो २४ घण्टामा थपिए ३१६७ जना नयाँ कोरोना संक्रमित

abc

काठमाडौं, १ कात्तिक । पछिल्लो २४ घण्टामा देशभर ३ हजार १६७ जना कोरोना संक्रमित भएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ। संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा १ हजार ८०० छ। योसँगै हालसम्म ८९ हजार ४८० पुगेको छ। आज देशभर ३८ हजार ७३७ जना सक्रिय संक्रमित छन्।