ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मिलापत्रका नाममा अपराधको घटना ढाकछोप नगर्न प्रधानमन्त्रीको आग्रह


एबीसी न्यूज

काठमाडौँ, ३० असोज ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मिलापत्रका नाममा कुनै पनि घटना छोपछाप गर्नु उचित र सैह्य नहुने बताउनुभएको छ । ६५ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मिलापत्रका नाममा कुनै पनि घटना छोपछाप गर्नु उचित र सैह्य नहुने बताउनुभएको हो । उहाँले बलात्कार लगायतका घटना लुकाउनको लागि सामाजिक दबाब र भनसुन, विभिन्न खालमा प्रभाव आए पनि कानुन कार्यान्वयनमा अघि बढ्न प्रहरीलाई निर्देशन दिनुभएको छ ।

निष्पक्ष अनुसन्धान कानुन कार्यान्वयन र कानुनी राज्यको आधार भएकाले पीडितलाई न्याय दिन र राज्यमा दण्डहीनता अन्त्यको लागि पनि आवश्यक भएकाले पारदर्शी सेवा संचालन गर्न प्रहरीलाई प्रधानमन्त्री ओलीले निर्देशन दिनुभयो ।

त्यस्तै, संविधानको उपलब्धिलाई चुनौती दिँदै भूमिगत समूह सक्रिय हुन थालेको गृहमन्त्री रामबहादुर थापाले बताउनुभएको छ । गृहमन्त्री थापाले राजनीतिक आवरणमा चन्दा असुली, विकास निर्माणमा अवरोध र आम नागरिकका हक अधिकार निर्भिकताका साथ प्रयोग गर्ने वातावरणमा बाधा पैदा गर्ने कोशिस गरिरहेको बताउनुभयो । यस्ता गठबन्धन र समूहलाई निस्तेज पार्न प्रहरीलाई सूचना संकलन, विश्लेषण र फिल्ड अप्रेसनमा कतै पनि सम्झौता नगर्न गृहमन्त्री थापाले निर्देशन दिनुभयो ।

कोरोना संक्रमणको जोखिमकाबीच पनि प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै संगठनप्रति नागरिकको आशा बचाइराख्न आग्रह गर्नुभयो । त्यसैगरि, हरी महानिरीक्षक (आइजीपी) शैलेश थापा क्षेत्रीले चुनौतीसँग जुध्ने र अन्याय, अपराधलाई निर्मूल पार्ने सामथ्र्य प्रहरीमा भएको बताउनुभयो ।

नेपाल प्रहरीको गरिमालाई जोगाउन प्रहरी कर्मचारीले निःस्वार्थ योगदान दिने विश्वास पनि व्यक्त गर्नुभएको छ । ६५ औं प्रहरी दिवसको अवसरमा शुभकामना दिँदै उहाँले स्वदेश तथा विदेशमा रहेका प्रहरी अधिकृत तथा जवानलाई व्यावसायिक सफलता, पारिवारिक सुख एवं सुखद् भविष्यको कामना गर्नुभएको छ । कानूनको निष्पक्ष कार्यान्वयन सम्झौता विहीन विषय भएकाले न्याय र सुरक्षाको प्रत्याभूत गर्ने पनि उहाँले प्रष्ट पार्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com