ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वभर कोरोना : २४ घण्टामा थपिए ३ लाख ८१ हजार संक्रमित, कहाँ कति ? सूचिसहित


एबीसी न्यूज
आश्विन २९, २०७७ बिहीबार  ८ : ५८ बजे

काठमाडौँ, २९ असोज । गत २४ घण्टामा विश्वभरमा ३ लाख ८१ हजार बढी कोरोनाका संक्रमितहरु थपिएका छन। वल्र्डोमिटरका अनुसार ३ लाख ८१ हजार ३ सय बढी संक्रमितहरु थपिएका हुन्। जसमध्ये सबैभन्दा बढी भारतमा ६७ हजार ९ सय बढी कोरोनाका संक्रमितहरु थपिएका छन्।

भारतमा गत २४ घण्टामा ६७ हजार ९ सय बढी थपिएसँगै कोरोना संक्रमित हुनेको संख्या ७३ लाख ५ हजार बढी पुगेको छ। भारतमा हालसम्म १ लाख ११ हजार बढीले कोरोनाका कारण ज्यान गुमाएका छन। यस्तै गत २४ घण्टामा कोरोनाका कारण ६ सय बढीले ज्यान गुमाएका छन। भारतमा ६३ लाख ८० हजार बढी कोरोनाका संक्रमितहरु निको भइसकेका छन।

भारतपछि अमेरिकामा गत २४ घण्टामा सबै भन्दा बढी कोरोनाका संक्रमितहरु थपिएका छन। अमेरिकामा ५९ हजार ५ सय बढी कोरोनका संक्रमितहरु २४ घण्टामा थपिएका हुन। योसँगै अमेरिकामा कोरोना संक्रमित हुनेको संख्या ८१ लाख ४९ हजार बढी पुगेको छ। अमेरिकामा हालसम्म कोरोनाका कारण २ लाख २१ हजार ८ सय बढीले ज्यान गुमाएका छन। गत २४ घण्टामा कोरोनाका कारण ९ सय बढीले ज्यान गुमाएका छन। यस्तै अमेरिकामा हालसम्म ५२ लाख ७८ हजार बढीले कोरोना जितेका छन्।

अमेरिका र भारतपछि कोरोना संक्रमित थपिने देशमा ब्राजिल आएको छ। ब्राजिलमा गत २४ घण्टामा २६ हजार ६ सय बढी कोरोनाका संक्रमितहरु थपिएका छन्। ब्राजिलमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ५१ लाख ४१ हजार ४ सय बढी पुगेको छ। कोरोनाका कारण ब्राजिलमा १ लाख ५१ हजार बढीले ज्यान गुमाएका छन्। यस्तै ब्राजिलमा हालसम्म ४५ लाख ६८ हजार ८ सय बढी कोरोनाका संक्रमितहरु संक्रमण मुक्त भएका छन्।

गत २४ घण्टामा फ्रान्समा २२ हजार ५ सय बढी कोरोनाका संक्रमितहरु थपिएका छन्। यस्तै यूकेमा ९ हजार, अर्जेन्टिना र रसियामा १४ हजार, स्पेनमा ११ हजार, बेल्जियम, इटली र नेदरल्याण्डमा ७ बजार बढी कोरोनाका संक्रमितहर थपिएका छन्।

यस्तै, पोल्याण्ड, जर्मनी र कोलोम्बियामा ६ हजार बढी, यूक्रेनमा ५ हजार बढी, इरान मेक्सीको इन्डोनेसीया र रोमानीयामा ४ हजार बढी, इराक र मोरोकोमा ३ हजार बढी कोरोनाका संक्रमितहरु थपिएका छन्।

नेपाल, पेरु, स्वीजरल्याण्ड, क्यानडा, जोर्डन, ट्यूनिसिया र प्रोचुगलमा २ हजार बढीका दरले कोरोना संक्रमितहरु थपिएका छन्। यस्तै १ हजार बढी कोरोनाका संक्रमितहरु थपिने देशहरुमा फिलिपिन्स, दक्षिण अफ्रिका, इजरायल, बंगलादेश, टर्कि, कोस्टारिका, यूएइ, लेबलान, अष्ट्रिया, मोल्दोभा, चीली, आइरल्याण्ड र आर्मानीया रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सम्बन्धित

ट्रम्प, सी र सामरिक शान्तिको पक्षमा: फरेन अफेयर्स

प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु

भारतको सबैभन्दा पुरानो समाचार एजेन्सी यूएनआईको कार्यालय ‘सिल’

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँछ – राष्ट्रपति

पेन्टागनको पत्रकार प्रतिबन्ध असंवैधानिक ठहर : अमेरिकी अदालतको ठूलो फैसला

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com