काठमाडौं, २७ असोज । जिल्ला प्रशासन कार्यालय काठमाडौले कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिए पछि अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गरेको बताएको छ ।
प्रशासनले आज एक सूचना जारी गर्दै चार जना कर्मचारीमा कोरोना संक्रमण देखिए पछि अर्को सूचना नआए सम्मको लागि भोलिदेखि लागु हुने गरि सेवाहरु बन्द गरिएको बताएको छ ।
जिल्ला संकट व्यवस्थापन केन्द्र सम्बन्धित सरोकारवाला निकाय, स्वास्थ्य विज्ञ समेतको छलफल पछि, नयाँ नेपाली नागरिकता वितरण, नागरिकता प्रतिलिपि वितरण, हातहतियार दर्ता, नविकरण संस्था दर्ता पत्रपत्रिका दर्ता सेवाको कार्य बन्द गरिएको बताएको हो ।
साथै नवीकरण सम्बन्धी कार्य, निजी सुरक्षा कम्पनी, नविकरण राहदानी वितरण, नाबालिग परिचयपत्र वितरण अन्य अत्यावश्यक नभएका सेवाहरु स्थगित गरिएको बताएको छ ।
शान्ति सूरक्षा सम्बन्धी सेवा, ठाडो निवेदन र उजुरी सम्बन्धी सेवा, मुद्दाको सुनुवाई सम्बन्धि सेवा, विपद व्यवस्थापन सम्बन्धी सेवाहरु भने नियमित संचालन रहने प्रशासनले बताएको छ । अत्यावश्यक सेवाका लागि जिल्ला प्रशासन कार्यालय परिसरमा प्रवेश गर्ने सेवाग्राहीले सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनिवार्य पालन गर्न अनुरोध गरेको छ ।








प्रतिक्रिया दिनुहोस्