काठमाडौं, २६ असोज । काठमाडौं उपत्यकामा थप २ हजार २ सय ८३ जना संक्रमित भेटिएका छन्। मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ८ सय ८८, भक्तपुरमा १ सय १८ र ललितपुरमा २ सय ७७ जना संक्रमित भेटिएका छन्।
यो सँगै काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या ३५ हजार ९ सय ८९ पुगेको छ । ललितपुरमा ४ हजार ९ सय २६ र भक्तपुरमा ३ हजार ५ सय ५२ जना पुगेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४७ जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै संक्रमितको कूल संख्या १ लाख ११ हजार ८०२ पुगेको छ। २४ घण्टामा १ हजार ४७३ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ७७ हजार २७७ पुगेको छ। आज देशभर ३३ हजार ८८० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।








प्रतिक्रिया दिनुहोस्