Accuracy, Balance & Credibility

पछिल्लो २४ घण्टामा ४०४७ जनालाई कोरोना संक्रमण

abc

काठमाडौं, २६ असोज ।  पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४७ जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै संक्रमितको कूल संख्या १ लाख ११ हजार ८०२ पुगेको छ। २४ घण्टामा १ हजार ४७३ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ७७ हजार २७७ पुगेको छ। आज देशभर ३३ हजार ८८० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।