ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौं उपत्यकामा ८ सहित देशभरी थप २२ जनाको मृत्यु (कहाँ कति विस्तृत विवरणसहित)


एबीसी न्यूज

काठमाडौँ, २५ असोज ।  नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट काठमाडौं उपत्यकामा ८ सहित देशभरी थप २२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ महिला र १७ जना पुरुषको मृत्यु भएको हो । काठमाडौंमा ६६ वर्षिया महिला, ६० वर्षिय पुरुष, ७० वर्षिय पुरुष, ७५ वर्षिय पुरुष र ८३ वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै ललितपुरमा ४९ वर्षिय पुरुष, भक्तपुरमा ४४ वर्षिय पुरुष र ५७ वर्षिय पुरुषको मृत्यु भएको छ ।

यसैगरी चितवनमा एक ७५ वर्षिया महिलाको मृत्यु भएको छ । यस्तै एक उमेर नखुलेका पुरुष, ४७ वर्षिय पुरुष र ९८ वर्षिय पुरुषको मृत्यु भएको छ । त्यस्तै सुनसरीमा ६२ वर्षिया महिला, ६५ वर्षि पुरुष, धनकुटामा ६१ वर्षिया महिला, सर्लाहीमा ३८ वर्षिय पुरुष मकवनपुरमा ८५ वर्षिया महिला सिन्धुपाल्चोकमा ६३ वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै नुवाकोटमा ७७ वर्षिय पुरुष, रुपन्देहीमा ६० वर्षिय पुरुष, ६१ वर्षिय पुरुष र ८४ वर्षिय पुरुषको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ३६ पुगेको छ ।

आज २ हजार ७१ जना नयाँ कोरोना संक्रमित थपिएका छन । १२ हजार ४ सय २७ पीसीआर परीक्षणमा ७ सय २ जना महिला र १ हजार ३ सय ६९ जना पुरुषमा संक्रमण देखिएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ । उपत्यकामा १ हजार ४ सय १६ जनामा संक्रमण देखिएको छ । जसमा काठमाडौंमा १ हजार १ सय ४५, भक्तपुरमा १ सय १० र ललितपुरमा १ सय ६१ जनामा संक्रमण देखिएको छ ।

आज देशभरी सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय १५ रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार २ सय ९९, प्रदेश नम्बर २ मा ६ सय २०, बागमती प्रदेशमा ९ हजार ३ सय ८ र गण्डकी प्रदेशमा ६ सय २५ जना रहेका छन । यस्तै लुम्बिनी प्रदेशमा १ हजार १ सय ६९, कर्णाली प्रदेशमा ४ सय ७५ र सुदूरपश्चिम प्रदेशमा १ सय ५३ गरी देशभरी १३ हजार ६ सय ४९ जना संस्थागत आइसोलेसनमा रहेका छ ।

होम आइसोलेसनमा प्रदेश नम्बर १ मा २ हजार १ सय ८७, प्रदेश नम्बर २ मा ५ सय ३४, बागमती प्रदेशमा ११ हजार ५ सय २१ र गण्डकी प्रदेशमा ५ सय ८० जना रहेका छन । यस्तै लुम्बिनी प्रदेशमा १ हजार ८ सय ४७, कर्णाली प्रदेशमा ४ सय २६ र सुदूरपश्चिम प्रदेशमा ५ सय ७१ जना गरी देशभरी १७ हजार ६ सय ६६ जना संक्रमित होम आइसोलेसनमा रहेका छन ।

आज क्वारेन्टिनमा ३ सय २९ र भेन्टिलेटरमा ७६ जना संक्रमित उपचाररत रहेका छन । आज १ हजार ५ सय ५२ जना संक्रमित मुक्त भएर घर फर्किएका छन । आजसम्म प्रदेश नम्बर १ मा ६ हजार ६ सय १८, प्रदेश नम्बर २ मा १४ हजार ९ सय ८३, बागमती प्रदेशमा २८ हजार ३ सय ७ र गण्डकी प्रदेशमा ४ हजार १ सय १९ जना डिस्चार्ज भएका छन । यस्तै लुम्बिनी प्रदेशमा १० हजार ७ सय २४, कर्णाली प्रदेशमा ३ हजार ४ सय ४३ र सुदूरपश्चिम प्रदेशमा ७ हजार ५ सय ३२ गरी देशभरी ७५ हजार ८ सय ४ जना रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com