ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

औषधिमय भान्साको परम्परा र ज्ञान थप विस्तार गर्न प्रधानमन्त्रीको आग्रह


एबीसी न्यूज
आश्विन २३, २०७७ शुक्रबार  ९ : ५३ बजे

काठमाडौं , २३ असोज ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड –१९ रोकथाम र नियन्त्रण गरी जनताको जीवन रक्षामा सरकारको मुख्य ध्यान रहेको जनाउँदै औषधिमय नेपाली भान्साको परम्परा र ज्ञानलाई थप खोज र विस्तार गर्न आग्रह गर्नुभएको छ । गैरआवासीय नेपाली सङ्घ, अन्तरराष्ट्रिय समिति (एनआरएनए) को दोस्रो ज्ञान सम्मेलनको भर्चुअलरुपमा आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आयुर्वेदिक र एलोप्याथिक दुवै क्षेत्रको सहयोगबाट कोरोनाविरुद्धको लडाइँ लडिएकाले नेपालका बहुमूल्य जडिबुटी र भान्सामा प्रयोग भइरहेका औषधिमय गुण भएका चिजको प्रयोग बढ्दो रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “हाम्रा ज्ञान, अनुभव र सीपको प्रयोगको विकास गर्न थप खोज र अनुसन्धान गर्न आवश्यक छ । महामारीसँग लड्दै गरेको स्थितिमा पनि आर्थिक समृद्धिका लागि आशाका केही किरणहरु देखिने गरी विकासको गति हासिल गर्दै गएका छौँ । यसमा गैरआवासीय नेपालीको पनि ज्ञान, सीप र लगानी हामी आह्वान गरिरहेका छौँ ।”

प्रधानमन्त्री ओलीले आन्दोलनको उपलब्धिस्वरुप लोकतान्त्रिक गणतन्त्र प्राप्ति भइसकेकाले अब शान्तिपूर्ण प्रतिस्पर्धाबाट अधिकारसँगै सबै जीवनसँग सम्बन्धित चाहना र दायित्वमा केन्द्रित हुन आवश्यक भएको बताउँदै विश्वका ठूला अर्थतन्त्र भएका मुलुक महामारीबाट आर्थिक चपेटामा परेका बेला नेपालको आर्थिक वृद्धिदर शून्य र ऋणात्मकतर्फ नजाने सकारात्मक स्थिति रहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले मुलुक समृद्धिको दिशातर्फ अघि बढेकाले जीविकाका लागि बाध्यतावश विदेश जाने स्थिति अन्त्य गरी स्वदेशमै श्रम र सीपको प्रयोग गर्न सक्ने आधार निर्माणमा गैरआवसीय नेपालीको पनि भूमिका हुनुपर्नेमा जोड दिनुभयो ।

सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, विदेशस्थित नेपाली राजदूत र विभिन्न विश्वविद्यालयलयका उपकुलपतिलगायत बौद्धिक वर्गको सहभागिता छ । सङ्घका अध्यक्ष कुमार पन्तले आफूहरु विदेशमा प्राप्त ज्ञान, सीप र लगानी स्वदेशको समृद्धिका लागि प्रयोग गर्न तयार रहेकाले उचित वातावरण निर्माण गर्न सरकारसँग आग्रह गर्नुभयो । दुई वर्षअघि नेपालमा पहिलो ज्ञान सम्मेलन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सम्बन्धित

ट्रम्प, सी र सामरिक शान्तिको पक्षमा: फरेन अफेयर्स

प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु

भारतको सबैभन्दा पुरानो समाचार एजेन्सी यूएनआईको कार्यालय ‘सिल’

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँछ – राष्ट्रपति

पेन्टागनको पत्रकार प्रतिबन्ध असंवैधानिक ठहर : अमेरिकी अदालतको ठूलो फैसला

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com