ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भयावह हुने चेतवानी : सय जनाको पीसीआर परीक्षण गर्दा करिब २४ जनामा कोभिड–१९ संक्रमण


एबीसी न्यूज
आश्विन २३, २०७७ शुक्रबार  ८ : ०३ बजे

काठमाडौँ, २३ असोज । नेपालमा कोरोना संक्रमणको पछिल्लो तथ्याँक हेर्दा २४ घण्टामा सय जनाको पीसीआर परीक्षण गर्दा करिब २४ जनामा कोभिड–१९ संक्रमण देखिएको छ । यो पीसीआर परीक्षणमा देखिएको हालसम्मकै बढी संक्रमण दर हो । बिहीबार १८ हजार ४ सय ७३ जनाको पीसीआर गरिएको थियो । जसको २३.६२ प्रतिशत अर्थात् ४ हजार ३ सय ६४ जनामा संक्रमण पुष्टि भएको छ । कुल संक्रमितमध्ये काठमाडौं उपत्यकामा ५८.२० प्रतिशत अर्थात् २ हजार ५ सय ४० जना छन् । पछिल्लो समयमा महिला संक्रमित हुने क्रम व्यापक बढेको छ । बिहीबार पुष्टि भएका कुल संक्रमितमध्ये ३५.७६ प्रतिशत महिला छन् । हालसम्म संक्रमण पुष्टि भएकामध्ये २९ प्रतिशत महिला छन् । पछिल्लो समय काठमाडौं उपत्यकामा पीसीआर परीक्षण बढाइएपछि संक्रमित धेरै फेला परेका हुन् । ‘काठमाडौंमा परीक्षण बढेको छ । बाहिर त्यति परीक्षण भएको छैन,’ ‘उपत्यका बाहिर कोभिड परीक्षण कम भएर संक्रमण बढी नदेखिएको हुन सक्छ तर बाहिर मृत्युदर बढी देखिएको छैन ।’ स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक एवं भाइरोलोजिस्ट डा. वासुदेव पाण्डेले बताउनुभयो ।

हाल काठमाडौंमा ज्वरो नदेखिएको सदस्य भएको परिवार धेरै कम रहेको डा. पाण्डेले बताउनुहुन्छ । ‘काठमाडौंमा कोभिड घर–घर गइसक्यो,’ उहाले भन्नु । हाल देशभरिमा २६ हजार ६ सय ८४ जना सक्रिय संक्रमित रहेकामा ५८.३९ प्रतिशत अर्थात् १५ हजार ५ सय ८३ जना राजधानीमा छन् । काठमाडौं जिल्लामा ४६.६२ प्रतिशत अर्थात् १२ हजार ४ सय ४१ जना सक्रिय संक्रमित छन् । कोभिडका कारण हालसम्म मृत्यु भएका ५ सय ९० जनामा १ सय ८३ जना अर्थात् ३१. ०१ प्रतिशत उपत्यकाका छन् । काठमाडौं जिल्लामा मात्र २१.०१ प्रतिशत अर्थात् १ सय २४ जनाको मृत्यु भएको छ ।

राजधानीमा व्यापक रूपमा संक्रमण विस्तार भएकाले दसैंरतिहारमा जो जहाँ छन्, त्यहीं बस्नुपर्ने अवस्था देखिएको विज्ञहरूले बताएका छन् । नभए संक्रमणको विस्तार देशभर हुने खतरा रहेको उनीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सम्बन्धित

ट्रम्प, सी र सामरिक शान्तिको पक्षमा: फरेन अफेयर्स

प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु

भारतको सबैभन्दा पुरानो समाचार एजेन्सी यूएनआईको कार्यालय ‘सिल’

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँछ – राष्ट्रपति

पेन्टागनको पत्रकार प्रतिबन्ध असंवैधानिक ठहर : अमेरिकी अदालतको ठूलो फैसला

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com