रुपन्देही, २० असोज । प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ बनाउने प्रस्ताव प्रदेश सभाबाट दुइ तिहाइ बहुमतले पास भएको छ ।
प्रदेश सभामा मङ्गलबार भएको मतदानमा प्रस्तावको पक्षमा ६९ मत र प्रस्तावको विपक्षमा १३ मत परेको छ । प्रदेश सभाका ८७ सदस्यमध्ये मङ्गलबारको मतदान प्रक्रियामा ८२ जनाले भाग लिएका हुन् ।
संविधानअनुसार दुई तिहाइ बहुमतले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ चयन भएको सभामुख पूर्णबहादुर घर्तीले घोषणा गर्नुभयो ।
देश नम्बर ५ को नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेश सभाबाट दुई तिहाइले पारित भएको छ ।
मङ्गलबार प्रदेश सभामा भएको मतदानमा प्रदेशको नाम लुम्बिनी राख्ने भन्ने पक्षमा ७९ मत र विपक्षमा चार मत खसेको हो । मतदानमा ८३ जनाको उपस्थिति रहेको थियो । यसअघि प्रदेशको राजधानी भालुवाङ बनाउने प्रस्ताव पनि दुई तिहाइले पारित भएको हो । प्रदेश सभामा मङ्गलबार भएको मतदानमा प्रस्तावको पक्षमा ६९ मत र प्रस्तावको विपक्षमा १३ मत परेको छ








प्रतिक्रिया दिनुहोस्