ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश ५ को प्रदेश सभा बैठक सुरु, नाम र राजधानीको प्रस्तावमाथि मतदान हुने


एबीसी न्यूज

काठमाडौं, २० असोज ।   प्रदेश ५ को प्रदेश सभा बैठक सुरु भएको छ । प्रदेशको नाम र राजधानीबारेको प्रस्तावमा छलफल गर्न डाकिएको बैठक केही ढिला गरी सुरु भएको हो ।अहिले मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेश सभाका सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै हुनुहुन्छ । त्यसपछि राजधानी र नामका विषयमा सरकारको प्रस्तावमाथि मतदान हुने कार्यसूची रहेको प्रदेश ५ सचिवालयले जनाएको छ ।

नेकपाले प्रस्तावको पक्षमा मतदान गर्न आफ्ना सांसद्लाई ह्वीप नै जारी गरेको छ । प्रतिपक्ष कांग्रेसले पनि प्रस्तावको विपक्षमा मतदान आफ्ना सासंदसँग अपिल जारी गरेको छ । शुक्रबारको बैठकमा दाङको देउखुरीलाई प्रदेश ५ को राजधानी र प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव पेस भएपछि बुटवलमा आन्दोलन चर्किएको छ ।

कांग्रेसले निर्णय गरे पनि दाङ र बाँकेका नेताले भने दाङकै पक्षमा मतदान गर्ने तयारी गरेका छन् । प्रदेश सभामा प्रस्तुत भएको प्रदेशको राजधानी र नामको प्रस्तावमाथि सोमबारदेखि औपचारिक रुपमा छलफल सुरु भएको हो ।सभामुख पूर्णबहादुर घर्तीले प्रदेशको राजधानी र नामकरणका विषयमा प्रदेश सभामा प्रस्तुत भएको प्रस्तावमा संशोधन हाल्न १८ घण्टाको समय दिनुभएको थियो । सोमबार बैठक सुरु हुनेबित्तिकै नाम र राजधानीको विषयमा असन्तुष्ट प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले सदन अवरोध गर्दै कुर्सी तोडफोड गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com