Accuracy, Balance & Credibility

काठमाडौं उपत्यकामा थप ८१७ जनामा कोरोना संक्रमण संक्रमितको संख्या २२ हजार ३ सय नाघ्यो

abc

काठमाडौं, १२ असोज । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८१७ कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६४९, ललितपुरमा १३२ र भक्तपुरमा ३६ जनालाई कोरोना संक्रमण देखिएको छ। उपत्यकामा कोराना संक्रमितको संख्या २२ हजार ३ सय २४ पुगेको छ। काठमाडौंमा १८ हजार १सय ३२, ललितपुरमा २ हजार २ सय ३१ र भक्तपुरमा १ हजार ९ सय ६१ संक्रमित पुगेका छन्। पछिल्लो २४ घण्टामा देशभर १ हजार ३५१ नयाँ संक्रमित थपिएका छन्। कूल संक्रमितको संख्या ७४ हजार ७ सय ४५ पुगेको छ। २४ घण्टा ७ सय ४२ जना डिस्चार्ज भएका छन्। देशभर कोरोना संक्रमण मुक्त हुनेको संख्या ५४ हजार ६ सय ४० जना पुगेको छ।