काठमाडौं, १२ असोज । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १३५१ जना कोरोना संक्रमित पुष्टि भएका छन्। देशभरका प्रयोगशालामा गरिएको १० हजार ८० नमुना जाँचमध्ये १३५१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । योसँगै संक्रमितको कुल संख्या ७४ हजार ७४५ पुगेको छ। २४ घण्टामा ७४२ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ५४ हजार ६४० पुगेको छ। देशभर १९ हजार ६२४ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा थप ४ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म ४८१ संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ।
प्रतिक्रिया दिनुहोस्