ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना भाइरसको संक्रमणबाट विश्वमा १० लाख मानिसको मृत्यु


एबीसी न्यूज

काठमाडौं, १२ असोज । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसको संक्रमणबाट विश्वमा १० लाख मानिसको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ८ सय ५२ पुगेको हो । पछिल्लो विवरणहरु अनुसार सोमवार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश्वमा ३ करोड ३२ लाख ९७ हजार ५ सय ३ पुगेको भने पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ५० हजारभन्दा बढी संक्रमितहरु थपिएका छन् ।

विश्वमा सबैभन्दा धेरै कोरोना भाइरस संक्रमितको संख्या संयुक्त राज्य अमेरिकामा रहेको छ । यो रिपोर्ट तयार पार्दासम्म अमेरिकामा ७३ लाख २० हजार ६ सय जना संक्रमित पुगेका छन् भने पछिल्लो २४ घण्टामा ३३ हजार संक्रमित थपिएका छन् ।

अमेरिकामा हालसम्म कोरोना भाइरसका कारण २ लाख ९ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् भने पछिल्लो २४ घण्टामा २ सय ७६ जनाले ज्यान गुमाएका छन् ।

यहाँ कोरोना संक्रमणपछि निको हुनेको संख्या ४५ लाख ६० हजार पुगेको छ । अमेरिकापछि एसियाली मुलुक भारतमा धेरै संक्रमित रहेका छन् । भारतमा पछिल्लो २४ घण्टामा ८२ हजारभन्दा बढी संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ६० लाख ७३ हजार ३ सय ४८ पुगेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा १ हजार ४० जनाले कोरोना संक्रमणपछि ज्यान गुमाएका छन् । भारतमा कोरोना संक्रमणपछि ५० लाख १३ हजार जना निको भइसकेका छन् भने हालसम्म ९५ हजारभन्दा बढीले कोरोनाका कारण ज्यान गुमएका छन् ।

यस्तै ब्राजिलमा पनि पछिल्लो २४ घण्टामा १४ हजारभन्दा बढी संक्रमित थपिएका छन् । योसँगै ब्राजिलमा ४७ लाख ३२ हजार कूल संक्रमित पुगेका छन् । अमेरिका, भारत, ब्राजिलपछि कोरोना संक्रमितको संख्या बढी हुने देशमा रसिया, कोलम्बिया पेरु, स्पेन लगायत छन् ।

कोरोना भाइरसका कारण विश्वमा सबैभन्दा बढी अमेरिकी मुलुकहरु प्रभावित बनेका छन् । युरोपेली मुलुकमा पनि कोरोना भाइरसको दोस्रो लहर फैलिन सक्ने भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ । युरोपेली मुलुकमा कूल संक्रमितको संख्या ४८ लाख ४८ हजार रहेको छ भने पछिल्लो २४ घण्टामा मात्र ४५ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।

युरोपेली मुलुकमा हालसम्म २ लाख २० हजार जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् भने २४ लाख ८८ हजार संक्रमणपछि निको भइसकेका छन् ।

उत्तर अमेरिकामा कोरोना संक्रमणको संख्या ८७ लाख ३५ हजार पुगेको छ । यहाँ पछिल्लो २४ घण्टामा ४२ हजारभन्दा बढी संक्रमित थपिएका छन् भने हालसम्म ३ लाखभन्दा बढीले कोरोना संक्रमणपछि ज्यान गुमाइसकेका छन् ।

एसियाली मुलुकमा सबैभन्दा धेरै कोरोना संक्रमितको संख्या भारतमा रहेको छ। त्यसपछि इरान, बंगलादेश, इराक, साउदी अरबमा पनि कोरोना संक्रमितको संख्या उच्च छ । एसियाली मुलुकमा कूल संक्रमितको संख्या एक करोड पुगेको छ । एसियाली मुलुकमा पछिल्लो २४ घण्टामा १ लाख १४ हजार ६ सय ४ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै एसियाली मुलुकमा हालसम्म मृत्यु हुनेको संख्या ९५ हजार ५७४ पुगेको छ भने निको हुनेको संख्या ८५ लाख ८७ हजारभन्दा बढी छ ।

नेपालमा हालसम्म ७३ हजार ३ सय ९४ जनामा कोरोना संक्रमण देखिएको छ भने हालसम्म ४ सय ७७ जनाले ज्यान गुमाइसकेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म निको भएकाको संख्या ५३ हजार ८९८ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com