काठमाडौं, ११ असोज । पछिल्लो २४ घण्टामा देशभर १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा ९ जना पुरुष र १ जना महिला रहेका छन् । जसमा काठमाडौंकी ५० वर्षीया महिला, ६१ वर्षीय पुरुष र ६२ वर्षीय पुरुष गरी ३ जनाको मृत्यु भएको छ ।
त्यसैगरी बाराका २० वर्षीय पुरुष, ललितपुरका ४२ र ७७ वर्षीय पुरुष, रुपन्देहीका ७२ वर्षीय पुरुष, अछामका ३४ वर्षीय पुरुष, बर्दियाका ६३ र ५० वर्षीय पुरुषको पनि मृत्यु भएको छ । योसँगै देशभर कुल मृतकको संख्या ४ सय ७७ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्