काठमाडौं, ११ असोज । पछिल्लो २४ घण्टामा देशभर १५७३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको १० हजार १२३ नमुना जाँचमध्ये १५७३ जनामा संक्रमण देखिएको बताउनुभयो । उहाँका अनुसार देशभर कुल संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ। यसैवीच २४ घण्टामा ८८५ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ५३ हजार ८९८ पुगेको छ। देशभर १९ हजार १९ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्