काठमाडौं, ९ असोज । पछिल्लो २४ घण्टामा देशभर १३१३ जना कोरोना संक्रमित पुष्टि भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा गरिएको १२ हजार २६२ नमुना परिक्षणमा थप १ हजार ३१३ जनाम संक्रमण् देखिएको हो।
योसँगै संक्रमितको कूल संख्या ७० हजार ६१४ पुगेको छ। २४ घण्टामा १हजार ४५५ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ५१ हजार ८६६ पुगेको छ। देशभर १८ हजार २९९ जना संक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्