दार्चुला, ९ असोज । दार्चुलामा कार्यरत एक जना प्रहरी नायव निरीक्षक (सई) को होटलमा मृत्यु भएको छ । मृत्यु हुनेमा सई धुर्ब रावल रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
शुक्रबार विहान होटलकै शौचालयमा लडेको अवस्था भेटिएका सईलाई जिल्ला अस्पताल पुर्याउँदा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । प्रहरी नायव निरीक्षक रावल दार्चुला सदरमुकामको मल्लो बजार बंगाबगडस्थित जयदुर्गा भवानी होटलको शौचालयमा मुखबाट रगत बगेको अवस्थामा भेट्टिनुभएको थियो ।
घटनाबारे शुक्रबार विहान होटल मालिकले प्रहरीलाई खबर गरेपछि अस्पताल लैजाँदा बाटोमै मृत्यु भइसकेको प्रहरीले जनाएको छ । घटनाबारे विस्तृत अनुसन्धान भईरहेको प्रहरीको भनाई छ । प्रहरी नायब उपरीक्षक पदम बहादुर बिष्टका अनुसार मृतकको शरीरमा देखिने घाउचोट केही छैन । मुखबाट रगत आएको छ । होटलको शौचालयमा थोरै रगत पनि भेटिएको छ ।
प्रहरी नायव निरीक्षक रावल दल्लेख प्रहरी चौकीबाट ईलाका प्रहरी कार्यालय हुती सरुवा भएपछि दल्लेखबाट असोज ५ गते सदरमुकाम खलंगा आउनुभएको थियो । अछाम घर भएका मृतक सईका दुई छोरा र एक श्रीमती धनगढी बस्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्