Accuracy, Balance & Credibility

३ दिनमा बाढीपहिरोबाट १७ जनाले ज्यान गुमाए, १५ बढी बेपत्ता

abc

काठमाडौं, ९ असोज । तीन दिनयता देशका विभिन्न स्थानमा आएको अविरल वर्षाका जनजीवन प्रभावित बनेको छ । पहाडी क्षेत्रमा पहिरोले क्षति पुर्‍याएको छ । यसैबीच निरन्तर वर्षाका कारण ३ दिनमा १७ जनाले ज्यान गुमाएका छन् । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार असोज ६, ७ र ८ गते आएको प्राकृतिक विपत्तिका कारण १७ जनाले ज्यान गुमाएका हुन् । प्राकृतिक विपत्तिका कारण यी तीन दिनमा कम्तीमा १५ जना बेपत्ता भएको केन्द्रको तंथ्याङमा उल्लेख छ । बिहीबार मात्र बाढीपहिरोका कारण १४ जनाले ज्यान गुमाएका थिए । राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख मुरारी वस्तीका अनुसार यसपटक ९० प्रतिशतभन्दा बढी क्षति पहिरोका कारण भएको छ ।