ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवागढी नाका बुधबारबाट खुला


एबीसी न्यूज

काठमाडौं, ७ असोज ।  बुधबारदेखि रसुवागढी नाकाबाट पुन:  सामान आयात हुन थालेको छ । तीन सातादेखि नाकाबाट सामान आयात ठप्प भएको थियो । कोरोना कारण माघ १५ गतेदेखि ठप्प भएको नाका जेठ महिनाबाट सञ्चालनमा आएको थियो ।

सामान लोड तथा अनलोड गर्ने मजदुरमा कोरोना पोजिटिभ देखिएपछि तीन सातादेखि सामान आयात रोकिएको थियो । चीनमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि गत माघ १५ गतेदेखि बन्द भएको रसुवागढी नाका गत जेठ महिनाबाट पुनः सुचारु भएको थियो ।

सामान लोड अनलोड गर्ने मजदुरमा कोरोना संक्रमण देखिएपछि गत तीन सातादेखि नाका फेरि बन्द गरिएको थियो । नियाँ दूतावासले बुधबार नै एक विज्ञप्ती जारी गर्दै सीमावर्ती पोर्ट खोलेको जनाएको छ । चिकित्सा सामाग्री एवं दैनिक आवश्यकताका वस्तुलाई ध्यानमा राख्दै चीनले झाङ्मु एवं जिलोङ पोर्ट पुनः सुचारु गरेको विज्ञप्तिमा जनाइएको छ ।

मनसुन र महामारीका कारण बेलाबेलामा सीमानाका बन्द हुन पुगेको भन्दै दूतावासका प्रवक्ताले नाकालाई पूर्ण क्षमतामा सञ्चालन गर्न नसक्दा मालसामान ओसारपसारमा भैरहेको ढिलाईप्रति दुःख व्यक्त गरेका छन् । सीमानाका नियमित सञ्चालन गर्ने र सामान पास गर्ने विषयमा चीनले नेपालको चिन्तालाई महत्व दिएको बताउँदै दूतावासले छिट्टै पूर्ण क्षमतामा नाका सञ्चालन गर्ने उपायमा काम भैरहेको जनाएको छ ।

रसुवागढी नाका चीनबाट नेपालमा व्यापार हुने सबैभन्दा पुरानो नाका हो । २०१३ सालमै नाकामा भन्सार कार्यालय स्थापना भएको थियो । २०७१ साल मंसिर १५ गते देखि उक्त नाका विधिवत रूपमा सञ्चालनमा आएको हो । नाकालाई ०७४ भदौ १४ गते चीनले अन्तर्राष्ट्रिय नाका घोषणा गरेको हो । नेपालको रसुवागढी नाकाबाट केरुङ सम्मको दूरी २४ किलोमिटर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com