ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौमा बालबालिकाको सुन लुट्ने महिला पक्राउ


एबीसी न्यूज

काठमाडौँ, ७ असोज । महानगरीय प्रहरी वृत बौद्धले बालबालिका लक्ष्य गरी गरगहना लुट्ने एक महिलालाई पक्राउ गरेको छ। उपत्यकाका विभिन्न स्थानमा गई बालबालिकाको नाक, कान, घाँटीलगायका ठाउँमा लगाएको सुन तथा बहुमूल्य धातुका सामान लुट्ने कार्यमा संलग्न ३२ वर्षीया सङ्गिता क्षेत्रीलाई प्रहरीले माकलबारीबाट पक्राउ गरेको हो। म्याग्दी स्थायी घर भई हाल काठमाडौँ बालाजु डेरा गरी बस्ने क्षेत्रीले एक्लै हिँडेका बालबालिकालाई आमाको साथी हुँ भन्दै चकलेट, आइसक्रिम किनेर प्रलोभनमा पार्दै सुन लगायतका धातुका गहना लुट्ने गरेकोे महानगरीय प्रहरी वृतका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए।

कार्कीका अनुसार विगत लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेकी उक्त महिलाले सुन लुटेको भन्दै उपत्यकाका विभिन्न प्रहरी कार्यालयका गरी २२ पीडित बालबालिकका अभिभावकले उजूरी दिएका थिए। उपत्यकाका बौद्ध, माकलबारी, मनमैजु, कपुरधारा, कोटेश्वर, कपन, आरुबारी, महाङ्काललगायतका क्षेत्रलाई लक्ष्य गरी अभियुक्त क्षेत्रीले चोरी गर्दै आइरहेकी थिइन्। चार वर्षदेखि दश वर्ष उमेरका बालिबालिकालाई लक्ष्य गरी चोरी गर्ने उक्त महिलालाई प्रहरीले काठमाडौँको माकलबारीबाट गएराति पक्राउ गरी आजै म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगेको छ। प्रहरीले चोरीका गहना किनबेचमा संलग्न रहेको भन्दै एक जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ। बिल बिनाका चोरीका गहना अभियुक्त क्षेत्रीले ललितपुरको दर्ता बिनाको सुन पसलमा लगेर बेच्ने गरेको तथ्य प्रहरीले फेला परेको छ।

काभ्रे घर भई ललितपुर बस्ने ३० वर्षीय मुरली विकले ललितपुर महानगरपालिका–६ कनिबहालमा अवस्थित बिना दर्ता चलाउँदै आएको सुन पसलमा चोरीका गहना सस्तो मूल्यमा किनेर स्वरुप परिर्वतन गरी बच्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका निज विकको पसलबाट ३० हजार रुपैयाँसहित चुडिएको सिक्रीलगायतका सामान प्रहरीले बरामद गरेको छ। पक्राउ परेका विकलाई समेत प्रहरीले म्याद थप गरी अनुसन्धान थालेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com