
बाँके, ५ असोज । नेपालगञ्ज कारागारका कोरोना संक्रमित कैदीको मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा नेपालगञ्ज कारागारमा सजाय काटिरहेका सुर्खेत गुर्भाकोट नगरपालिका– ४, सहारेका ५८ वर्षीय कैदीको आज बिहान ६:२५ बजे मृत्यु भएको हो। सुर्खेत कारागारबाट नेपालगञ्ज सारिएका उनमा यही भदौ २१ गते कोरोना पुष्टि भएपछि २२ गतेदेखि भेरी अस्पतालमा भर्ना गरिएको थियो । भेरी अस्पतालले उपचारारत उनमा दम बढेपछि आज बिहान ६ बजेर २५ मिनेटमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो।








प्रतिक्रिया दिनुहोस्