ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्थतन्त्रको गतिशीलताका लागि सार्कका आर्थिक संयन्त्रलाई क्रियाशील बनाऔँ : नेपाल


एबीसी न्यूज

फायल फोटो
फायल फोटो

काठमाडौं, ३१ भदौ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन -सार्क_ राष्ट्रका अर्थमन्त्रीहरुको १५ औँ अनौपचारिक बैठकमा नेपालले कोभिड–१९ का कारण सदस्य देशका अर्थतन्त्रमा गम्भीर असर परेको यथार्थ औँल्याउँदै सार्कका आर्थिक संयन्त्रलाई क्रियाशील बनाएर अर्थतन्त्रलाई गतिशील तुल्याउनुपर्नेमा जोड दिएको छ ।

मनिलास्थित एशियाली विकास बैंक -एडिबी_को प्रधान कार्यालयमा आज भएको बैंकको ५३ औँ वार्षिक बैठकका सन्दर्भमा सार्क सचिवालय र एडिबीको समन्वयमा अप्रत्यक्षरुपमा आज भएको उक्त बैठकमा नेपालले संयन्त्रको क्रियाशीलता तथा कोभिड–१९ को प्रभावबाट मुक्त हुन सदस्य राष्ट्रबीच पारस्परिक सहयोग र साझेदारी अभिवृद्धि अपरिहार्य वास्तविकता औँल्याएको हो ।

अर्थ मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट बैठकमा भाग लिँदै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले महामारी रोकथाम, नियन्त्रण र उपचारमा सबै सदस्य मुलुक सक्रिय रहेको वर्तमान समयमा स्रोत परिचालन, सहकार्य र साझेदारीले मात्र सार्क क्षेत्रका जनताको स्वास्थ्य तथा आर्थिक जीवनको रक्षा गर्न सकिने बताउनुभयो ।

“सार्कका आर्थिक संयन्त्रहरुलाई क्रियाशील बनाउँदै आर्थिक पुनरुत्थान रणनीति निर्धारण, निर्धन र रोजगारी गुमाएका श्रमिकको आर्थिक अवस्थामा सुधारका साथै उनीहरुको मनोसमाजिक समस्या सम्बोधन गर्नुपर्ने आवश्यकता छ ”, उहाँले भन्नुभयो ।
बैठकमा मन्त्री ज्ञवालीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नाका साथै त्यसको अध्यक्षता पनि गर्नुभएको थियो । नेपाल सार्कको वर्तमान अध्यक्ष राष्ट्र तथा एडिबीको संस्थापक सदस्य हो ।सार्कका महासचिव इसाला विराकुनले दक्षिण एशियाली अर्थतन्त्रको पुनरुत्थानका लागि सदस्य मुलुकबीच समन्वय गर्न सचिवालय प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com