ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ABC EXit Poll : बाम गठवन्धन ९७, कांग्रेस गठवन्धन ३८ र मधेश गठवन्धनको १५ सिट


ABC News

काठमाडौं २१ मंसिर । एबीसी टेलिभिजनले गरेको एक्जिट पोलमा बाम गठवन्धनको सहज बहुमत आउने देखिएको छ । पोलका अनुसार बाम गठवन्धनले प्रत्यक्षतर्फको १६५ सिट मध्ये कम्तीमा ९७ सिट प्राप्त गर्ने देखिएको छ । सत्ताको नेतृत्व गरेको नेपाली कांग्रेस नेतृत्वको गठवन्धनको ३८ स्थान आउने देखिएको छ । मधेशी गठवन्धनले १५ स्थान प्राप्त गर्दा अन्य दलले ३ स्थान प्राप्त गर्ने देखिन्छ । एबीसी पोलका अनुसार १२ सिट तिव्र प्रतिस्पर्धी सिट देखिएका छन् । तिव्र प्रतिस्पधी सिटहरुमा पनि बाम गठवन्धन र नेपाली कांग्रेसको नै प्रतिस्पर्धा रहेको छ । नेपाली कांग्रेसको नेतृत्वमा राप्रपाका दुई वटा समूह र नयां शक्ति सहितका केही साना दल रहेका छन् । मधेशका कतिपय स्थानमा कांग्रेस गठवन्धन र मधेश गठवन्धनका बीचमा समेत तालमेल भएको छ ।
एबीसी एक्जिट पोलका अनुसार बाम गठवन्धनका दुई दलले समानुपातिकमा कम्तीमा ४५ प्रतिशत मत प्राप्त गर्ने छ । त्यो मतका आधारमा समानुपातिक सिट संख्या ५० को आसपासमा हुनेछ । कांग्रेस गठवन्धनले समानुपातिकमा ३० प्रतिशतको आसपास मत ल्याउने देखिन्छ ।


केन्द्रीय संसदको २७५ मध्ये बहुमत सरकार गठन गर्न कम्तीमा १३८ सिट संख्या आवश्यक पर्दछ । बाम गठवन्धनले १५०को आसपासमा सहजै संख्या पु¥याउने एबीसी एक्जिट पोलले देखाएको छ । त्यो संख्या अझै बढ्न सक्ने अधिक सम्भावना छ ।


बाम गठवन्धनको सहज बहुमत आउंदा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने निश्चित भएको टेलिभिजनले घोषणा गरिदिएको छ ।
एबीसी टेलिभिजनले यस अघि सम्पन्न स्थानीय तहको निर्वाचनका बेलाका तीनै चरणमा गरेको एक्जिट पोल ९९प्रतिशत मिलेको थियो । अन्य देशमा जस्तै नेपालमा पनि चुनावलाई उत्सवका रुपमा लिनका लागि एबीसीले एक्जिट पोलको नयां अभ्यास गरेको एबीसीका अध्यक्ष तथा समाचार प्रमुख शुभशंकर कंडेलले बताए ।


पोलका अनुसार बाम गठवन्धनले ५९ प्रतिशत स्थान जित्ने देखिएको छ भने नेपाली कांग्रेसले २३ प्रतिशत र मधेशी गठवन्धनले ९ प्रतिशत र अन्य साना दलले २ प्रतिशत स्थानमा जित्न सक्ने छन् । पोलका अनुसार ७ प्रतिशत स्थान अनिर्णित अर्थात तिव्र प्रतिस्पर्धी रहेका छन् ।


टेलिभिजनले ओपिनियन पोल गर्ने योजना बनाए पनि निर्वाचन आयोगले रोक लगाएका कारण स्थगन गर्न परेको टेलिभिजन व्यवस्थापनले जनाएको छ ।
नेपालमा गणतन्त्रको स्थापना, संविधानसभाबाट संविधान र कुनै पनि हालतमा संविधानका कार्यान्वयनका लागि निर्वाचन हुनु पर्ने विषयमा एबीसीले अग्रस्थानमा रहेको अभियान चलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले–कांग्रेस सरकारप्रति शेखरको प्रचण्डसँग विचित्रको गुनासो !

एमालेभित्र विद्या भण्डारीको विषय प्रवेश, कुनै निर्णय भएन

सम्बन्धित

स्पेन प्रकरण, भिजिट भिसामा गएकाहरू फर्के नफर्केको जाँच प्रहरीले गर्ने

सेयर बजार ४ महिनाकै उच्च, बैंकमा आकर्षण

तरुण दल केन्द्रीय समिति भंग गर्नुपर्ने माग राखेर सानेपामा नाराबाजी

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

गणतन्त्र दिवस मनाउन झाँकीसहित सडकमा ओर्लियो एमाले (तस्बिरहरू)

राष्ट्रपतिलाई अर्थमन्त्रीद्वारा बजेटबारे ब्रिफिङ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com