काठमाडौं,, २१ मंसिर । एबीसी मिडिया गुप्रद्धारा आज सार्वजनिक गरिएको एक्जिट पोल सत्यताको नजिक रहेको विश्लेषकहरुले दावि गरेका छन् । राजनीतिक विश्लेषक डाक्टर राजेश अहिराजले जनताले निरन्तर एउटै दलीय शक्तिलाई मत नदिएकोले यसपटक बाम गठबन्धन शक्ति अगाडि आउने टिप्पणी गर्नुभयो ।
बामगठबन्धनले एउटै शक्ति बनाएर जनतासंग मत मागेकोले जनताले बाम शक्तिलाई मत हालेको बताउनु भयो । दोश्रो संविधान सभामा ठूलो दल बनेको कांग्रेस यसपटक निर्वाचनमा कमजोर हुने उहांका जिकिर छ । त्यसैगरि विश्लेषक श्याम श्रेष्ठले एबीसीबाट गरिको पोल सत्यताको नजिक भएको बताउनु भयो । स्थानीय तह निर्वाचनमा पनि पोलले पुष्टी गरेकोले यसपटक पनि पोल नजिक पुग्न सकेको श्रेष्ठको मत छ ।
उता रमेश पाण्डले मिडियाले गरेका पोलहरुले तरंग ल्याएको बताउनु भयो । नेपालमा पनि पोलको अभ्यास स्थानीय तह निर्वाचनमा गरिएपछि सबैको चासो बनेको बताउनु भयो । एबीसीले गरेको पोल पनि नयां घटनाक्रम अनुसार नजिक भएको मत राख्नु भयो ।
प्रतिक्रिया दिनुहोस्