ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वामदेव र कुलमान नियुक्तिको एजेण्डा मन्त्रीपरिषद्को कार्यसूचीमा परेन


एबीसी न्यूज
भाद्र २९, २०७७ सोमबार  ३ : २२ बजे

काठमाडौं, २९ भदौ । सर्वत्र चासोका रुपमा हेरिएको दुई नियुक्तिका प्रस्ताव आज सोमबार साँझ बस्ने मन्त्रिपरिषदको कार्यसूचीमा पनि परेका छैनन्।

आज साँझ ५ बजे बस्ने मन्त्रिपरिषद् बैठकबाट नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्त गर्ने अनुमान गरिएको थियो। तर मन्त्रीहरुलाई अपरान्ह पठाइएको बैठकको कार्यसूचीमा कुलमान नियुक्तिको एजेन्डा नपरेको बालुवाटार स्रोतले जनाएको छ ।

कुलमानको पहिलो चार वर्षे कार्यकाल आइतबार राती सकिएको छ भने उनलाई पुनः नियुक्ति गर्न प्रधानमन्त्री केपी शर्मा ओली र उर्जामन्त्री वर्षमान पुनबीच सहमति भैसकेको बताइएको थियो। त्यसैगरी राष्ट्रिय सभामा रिक्त सांसद् पदमा राष्ट्रपतिबाट हुने नियुक्तिका लागि सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई सिफारिश गर्ने प्रधानमन्त्री ओलीले सचिवालयको बैठकमा जानकारी दिनुभएको थियो ।

वामदेवलाई सिफारिश गर्ने प्रस्ताव आजको मन्त्रीपरिषद बैठकमा आउने अनुमान गरिए पनि त्यो एजेण्डा पनि परेको छैन। ‘हामीले पाएको आजको मन्त्रीपरिषद बैठकको एजेण्डा सूचीमा वामदेव र कुलमान दुवैको नियुक्तिको विषय रहेनछ, प्रधानमन्त्रीले सिधै प्रस्ताव गरेर निर्णय गर्ने तयारी हो भने त्यो पछि नै थाह होला’, एक मन्त्रीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भदौ २३ र २४ को हिंसात्मक घटनामा नेपाली सेनाको भूमिका शंकास्पद : कार्की आयोगको कडा ठहर (विस्तृत)

२६वर्ष पछि कांग्रेसले आफनो विरासत फर्कायो

सम्बन्धित

ठमेलमा अनैतिक क्रियाकलापमा संलग्न २० विदेशी महिला पक्राउ

U.S. Congratulates Rabi Lamichhane After Landmark Electoral Victory

भदौ २३ र २४ को हिंसात्मक घटनामा नेपाली सेनाको भूमिका शंकास्पद : कार्की आयोगको कडा ठहर (विस्तृत)

श्रीमतीको हत्या गरेर प्रहरी कार्यालयमा हराएको निवेदन

युद्ध तपाईंले सोचेभन्दा राम्रो चलिरहेको छ

मध्यपूर्वमा तनाव : पेन्टागनले २,००० अमेरिकी एयरबोर्न सैनिक पठाउने आदेश दियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com