ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोटेश्वर–कलङ्की सडकमा अझै बनेन ‘सर्भिस ट्याक’


एबीसी न्यूज


काठमाडौं, २६ भदौ  ।  चक्रपथको पहिलो खण्ड ९कोटेश्वर–कलङ्की सडक० विस्तार सम्पन्न भएको दुई वर्ष बित्दासमेत बाहिरी लेन (सर्भिस ट्याक) निर्माण हुन सकेको छैन । चिनियाँ सहयोगमा आठ लेन सडक निर्माण गरेपछि त्यस बाहिर दुबैतर्फ एक÷एक लेनको सर्भिस ट्याक निर्माण गर्ने सहमति भएको थियो ।

सडक विभागले तीन वर्ष पहिले नै निर्माण शुरु गरेपनि अझै सम्पन्न भइसकेको छैन । निर्माण हुन बाँकी खण्डमा कतै भौगोलिक कठिनाइ त कतै त्यहाँ रहेका भौतिक संरचना हटाउन नसकिदा ‘सर्भिस ट्याक’ निर्माण गर्न नसकिएको हो । भौगोलिक कठिनाइ भएका स्थानमा काठमाडौँ चक्रपथ योजनाले सडकको साटो भ¥याङ बनाउने योजना गरेको छ । कतिपय स्थानमा भने समस्या हटाएर सडक नै बनाउने तयारी भएको छ ।

बालकुमारी पुलबाट कोटेश्वरतर्फ दुबैतर्फ ट्याक निर्माण हुन नसकेको योजना प्रमुख अमृतमणि रिमालले बताउनुभयो । । चक्रपथको भित्रपट्टि र बाहिरपट्टि गरी दुबैतर्फ भूगोल अग्लो होचो रहेको छ । थोरै क्षेत्रमा जमीनको तह निकै फरक रहेकाले सडक बन्न नसकेको हो । सडकको दायाँतर्फ सडकको साटो भ¥याङ हालिने तयारी भइरहेको छ । बायाँतर्फ सडकको अधिकार क्षेत्रमा दुई घरका कारण सर्भिस ट्याक बन्न सकेको छैन ।

चक्रपथको अधिकार क्षेत्रबीच भागबाट दुबैतर्फ २५/२५ मिटर र अर्को छ/छ मिटर ‘सिड बेल्ट’ हुन्छ । ‘सिड बेल्ट’ समेत ३१ मिटर चौडाइ भएपनि त्यही क्षेत्रमा घरहरु रहेका छन् । स्थानीयबासीले सहयोग गर्दा मात्रै सो स्थानमा सडक बन्न सक्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “ती घर नभत्काउँदासम्म सर्भिस ट्याक बनाउन सकिँदैन ।”

एकान्तकुनास्थित तिब्बती शरणार्थी क्याम्प पनि सडकको अधिकार क्षेत्रमा रहेकाले त्यस स्थानमा पनि सडक बन्न सकेको छैन । तत्काल त्यसलाई नहटाए सडक बनाउन नसकिने प्रमुख रिमालले बताउनुभयो । यातायात व्यवस्था कार्यालयदेखि एकान्तकुना चोकसम्म पनि भूगोलका कारण सडक निर्माण कठीन रहेको छ । सो स्थानमा डिजाइनमा नै त्रुटि रहेकाले सडक निर्माण गर्न नसकिएको उहाँले बताउनुभयो ।

डिजाइनमा ‘सर्भिस ट्याक’ मुख्य र सहायक सडकभन्दा कम उचाइमा बनाउने योजना रहेको थियो । सो स्थानमा पहिरोको समस्या भएको उहाँले बताउनुभयो । अहिले यो सडक अरु लेनजस्तै उचालेर बनाउने गरी तयारी भइरहेको छ ।

खसीबजारमा पनि ‘सर्भिस ट्याक’ निर्माण अघि बढ्न सकिरहेको छैन । ‘अण्डर पास’ रहेको सो स्थानमा भौगोलिक कठिनाइकै कारण सडक निर्माण हुन नसकेको हो । बाँकी रहेका अरु स्थानमा निर्माण गर्ने योजना भएपनि तत्काल खसीबजारमा निर्माण अघि बढ्ने देखिँदैन ।
विसं २०७५ माघमा चीन सरकारले सो सडक गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । दस दशमलव चार किमी लम्बाइ सडक निर्माणको काम चिनियाँ निर्माण कम्पनी सङ्घाई कन्सट्रक्सन ग्रुपले गरेको हो । सोही वर्षदेखि नै सरकारले दुबैतर्फ एकएक लेनको सर्भिस ट्याक र छ आकाशे पुल निर्माण शुरु गरेको थियो ।

नेपालमा पहिलो पटक आठ लेन सडक र पहिलो ‘अण्डर पास’ लाई यो सडकको विशेषता मानिएको छ । खसी बजारचोकदेखि कलङ्की चोकसम्म रहेको ‘अण्डर पास’ को मुख्य लेन माथि सडकमा र सहायक लेन जमीनमुनि छ । निर्माणमा पूरै प्राविधिक जनशक्ति चिनियाँ र अदक्ष कामदारमा नेपाली र चिनियाँ दुवै थिए ।

यो सडकमा मुख्य लेन, सहायक र सर्भिस गरेर तीन किसिमका लेन हुने गरी डिजाइन भएको थियो । चिनियाँ सरकारले निर्माण गरेको आठ लेन भए पनि ‘सर्भिस ट्याक’ समेत गर्दा यो सडक १० लेनको हो । सडकको बीचमा मुख्य लेन र मुख्य लेनको दुबैतर्फ सहायक लेन छ । चक्रपथ छिर्न चालकले पहिले सर्भिस ट्याक पुग्नुपर्छ । सर्भिस ट्याकबाट नै चालकले सहायक हुँदै मुख्य लेनमा प्रवेश गर्न पाउँछन् । सडकमा निश्चित ठाउँमा पुग्दा मात्रै चालकले सहायक वा मुख्य लेनमा प्रवेश गर्न पाउँछन् ।

दश दशमलव ४ किलोमिटरको यस सडकमध्ये सात दशमलव छ किमी काठमाडौँ र दुई दशमलव आठ किमी सडक ललितपुरमा पर्छ । चक्रपथको दोस्रो खण्डका रुपमा चीन सरकारले नै कलङ्कीदेखि चावहिलसम्मको सडक विस्तार गर्दैछ । दोस्रो खण्डमा पनि पहिलो खण्डजस्तै आठ लेन हुनेछ भने पैदलयात्रुका लागि एक÷एक किमीको फरकमा आकाशे पुल निर्माण हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com