ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनासग ‘लिभिङ टुगेदर’ मा बस्नुको विकल्प छैन – उपप्रधानमन्त्री पोखरेल


एबीसी न्यूज
भाद्र २३, २०७७ मंगलबार  ८ : १० बजे

काठमाडौँ, २३ भदौ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोरोना भाइरससगै अगाडि बढ्नुको विकल्प नभएको बताउनुभएको छ । उपप्रधानमन्त्री पोखरेलले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै आफ्नो अस्तित्व कायम हुनेगरी कोरोनासग ‘लिभिङ टुगेदर’ मा बस्नुको विकल्प नभएको बताउनुभएको हो । उपत्यकाका प्रतिनिधिसभा सांसदहरुको ध्यानाकर्षण पत्र बुझ्दै उपप्रधानमन्त्री पोखरेलले महामारीसग जुध्दै आफ्नो अस्तित्व कायम राख्नु बुद्धिमानी हुने बताउनुभयो ।

कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) का संयोजक समेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले लकडाउन खुकुलो भएपछि बढेको आवतजावतले उपत्यका संक्रमणको हब बनेको बताउनुभयो । सरकारले कोरोना नियन्त्रणका लागि आइसोलेसन निर्माण गर्दै निजी अस्पताल र शिक्षण अस्पतालहरुस“ग सम्झौता गरेर अगाडि बढिरहेको बताउनुभयो ।

उपत्यकाका सांसदहरुको संयोजन गर्दै उपप्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन पुग्नुभएका नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले आइसोलेसनस“गै उपत्यका बाहिरबाट आउनेहरुको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । स्थानीय सरकारमार्फत सर्वसाधारणको कोरोना बिमाको व्यवस्था गर्नुपर्ने उहाले बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद शशी श्रेष्ठले रोगलेभन्दा जनता भोकले मर्ने अवस्था आएकाले यसतर्फ सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । संसदीय समितिबाट कारागारभित्र रहेका कैदीहरुको व्यवस्थापनका लागि पटकपटक ध्यानाकर्षण गराउदा पनि सरकारले केही नगरेको गुनासो उहाले गर्नुभयो ।   महामारीका कारण जनजीवनमा परेको प्रभाव र सरकारले गरेका कामहरुको समीक्षा गर्दै उपत्यकाबाट प्रतिनिधसभामा प्रतिनिधित्व गर्ने सांसदहरुले सुझावसहित उपप्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आयोगको ठहर : सामाजिक सञ्जाल बन्दको विरोधबाट सुरु भएको आन्दोलन डिस्कर्डमा हिंसा योजना बन्दै उग्र भयो

जेनजी आन्दोलन : आयोगको ठहर – सुरक्षा संयन्त्रको समन्वय अभाव र ढिलासुस्तीले ठूलो क्षति भयो (प्रतिवेदन पूर्णपाठ)

सम्बन्धित

पहिल्यै लीक भएपछि कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न प्रधानमन्त्री बाध्य

आयोगको ठहर : सामाजिक सञ्जाल बन्दको विरोधबाट सुरु भएको आन्दोलन डिस्कर्डमा हिंसा योजना बन्दै उग्र भयो

जेनजी आन्दोलन : आयोगको ठहर – सुरक्षा संयन्त्रको समन्वय अभाव र ढिलासुस्तीले ठूलो क्षति भयो (प्रतिवेदन पूर्णपाठ)

‘हामीले शान्तिपूर्ण प्रदर्शन गरेका थियौं, तर भीडलाई रोक्न सकेनौं’ आयोजक सुदन गुरुङको आयोगमा दिएको पूर्ण बयान

जेनजी आन्दोलन : गुप्तचर र सुरक्षा निकाय पूरै ‘अन्धो’ रहेको आयोगको ठहर(पूर्णपाठ)

सामाजिक सञ्जालमा पेट्रोल बमको छलफल, सुरक्षा निकायलाई थाहै भएन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com