ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा कोरोना लाग्ने भन्दा निको हुने धेरै तथ्याँक सहित


एबीसी न्यूज
भाद्र २३, २०७७ मंगलबार  ६ : ३२ बजे

काठमाडौं, २३ भदौ ।  पछिल्ला केही दिनयता कोरोना सङ्क्रमणको तुलनामा सङ्क्रमण मुक्त भई घर फर्कनेको सङ्ख्या बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो तीन दिनदेखि सङ्क्रमितको तुलनामा कोरोना मुक्त भई ‘डिस्चार्ज’ हुनेको सङ्ख्या बढ्दै गएको हो । कोरोना निको हुनेको सङ्ख्या बढेसँगै ‘डिस्चार्ज’ दर पनि वृद्धि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा मुलुकभर ९०२ सङ्क्रमित थपिँदा दुई हजार २८७ जना कोरोना मुक्त भई घर फर्केका छन् । आजसम्म कुल सङ्क्रमितमध्ये ६८।५प्रतिशत डिस्चार्ज भएका छन् ।

सोमबार मुलुकभर ९७९ नयाँ सङ्क्रमित थपिँदा एक हजार ७३६ जना डिस्चार्ज भएका थिए । यस्तै आइतबार पनि सक्रिय सङ्क्रमति ९९८० जना० को तुलनामा झण्डै दोब्बर ९एक हजार ८१४ जना० कोरोजना जितेर घर फर्केका थिए । हालसम्म कुल ३२ हजार ९६४ जना निको भएर घर फर्केका मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १४ हजार ८६८ रहेको छ । जसमध्ये छ हजार ८१५ होम आइसोलेसनमा रहेका छन् भने आठ हजार ५३ संस्थागत आइसोलेनसमा छन् ।

उपत्यकामा ३९६ सङ्क्रमित थपिए

पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा मात्रै ३९६ नयाँ सङ्क्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौँमा ३००, भक्तपुरमा ५८ र ललितपुरमा ३८ सङ्क्रमित फेला परेका छन् । १० हजार ६११ नमूना परीक्षणमा देशभर ९०२ जनामा कोरोना सङ्क्रमण पाइएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

कैलालीमा ७७, मोरङमा ५१, सुनसरीमा ३८, धनुषामा ३३, कास्कीमा ३०, मकवानपुरमा २४, रुपन्देहीमा २१, चितवनमा २०, सप्तरी, सुर्खेत र गोरखामा १८र१८, झापामा १६, पर्सामा १४, ओखलढुङ्गामा १३, बारामा १२, वाग्लुङमा १०, कञ्चनपुरमा नौ, रौतहट, धादिङ र रामेछापमा आठरआठ सङ्क्रमित फेला परेका छन् ।

बर्दिया र नवलपरासी पूर्वमा सातरसात, सर्लाहीमा छ, बाँकेमा पाँच, सिरहा र महोत्तरीमा चाररचार, नुवाकोट, दाङ र तनहुँमा तीनरतीन, उदयपुर, दोलखा र काभ्रेपलाञ्चोकमा दुईरदुई, इलाम, नवलपरासी, गुल्मी, कपिलवस्तु, अर्घाखाँची, स्याङ्जा, सिन्धुपाल्चोक, रोल्पा र दैलेखमा एकरएक सङ्क्रमित थपिएका छन् । मोरङ, सुनसरी, धनुषा, सर्लाही, काठमाडौँ, ललितपुर, चितवन र रुपन्देहीमा ५०० बढी सक्रिय सङ्क्रमित उपचाररत छन् भने ताप्लेजुङ, मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्लामा सक्रिय सङ्क्रमित छैनन् ।

थप ६ को मृत्यु

कोरोना भाइरसबाट नेपालमा थप छ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीका ७० वर्षीय, पर्साका ५४ र ६०, काठमाडौँका ८५ र कपिलवस्तुको ६२ वर्षीय पुरुष तथा काठमाडौँकै ८० वर्षीया महिला छन् । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३०६ पुगेको छ । जुन कुल सङ्क्रमितको तुलनामा ०।६३ प्रतिशत हो । विश्वभर दुई करोड ७४ लाख ९२ हजार ९८२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये आठ लाख ९६ हजार ९२६ जनाको मृत्यु भएको छ भने एक करोड ९५ लाख ९२ हजार २८० जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आयोगको ठहर : सामाजिक सञ्जाल बन्दको विरोधबाट सुरु भएको आन्दोलन डिस्कर्डमा हिंसा योजना बन्दै उग्र भयो

जेनजी आन्दोलन : आयोगको ठहर – सुरक्षा संयन्त्रको समन्वय अभाव र ढिलासुस्तीले ठूलो क्षति भयो (प्रतिवेदन पूर्णपाठ)

सम्बन्धित

पहिल्यै लीक भएपछि कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न प्रधानमन्त्री बाध्य

आयोगको ठहर : सामाजिक सञ्जाल बन्दको विरोधबाट सुरु भएको आन्दोलन डिस्कर्डमा हिंसा योजना बन्दै उग्र भयो

जेनजी आन्दोलन : आयोगको ठहर – सुरक्षा संयन्त्रको समन्वय अभाव र ढिलासुस्तीले ठूलो क्षति भयो (प्रतिवेदन पूर्णपाठ)

‘हामीले शान्तिपूर्ण प्रदर्शन गरेका थियौं, तर भीडलाई रोक्न सकेनौं’ आयोजक सुदन गुरुङको आयोगमा दिएको पूर्ण बयान

जेनजी आन्दोलन : गुप्तचर र सुरक्षा निकाय पूरै ‘अन्धो’ रहेको आयोगको ठहर(पूर्णपाठ)

सामाजिक सञ्जालमा पेट्रोल बमको छलफल, सुरक्षा निकायलाई थाहै भएन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com