ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

५०० रुपैयाँमा स्वास्थ्यकर्मी र पत्रकारको परिचयपत्र


एबीसी न्यूज
भाद्र २३, २०७७ मंगलबार  ४ : २१ बजे

काठमाडौं, २३ भदौ । कोरोना भाइरसको महामारीले गर्दा काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ । सरकारले निषेधाज्ञाको बेला स्वास्थ्यकर्मी र पत्रकारलाई हिँड्डुल गर्न कतै रोकतोक गरेको छैन । पत्रकारहरु कार्यालयकै परिचयपत्रले सजिलै हिँड्डुल गर्न पाउँछन् ।
पत्रकारलाई कार्यालयको परिचयपत्रकै आधारमा हिँडडुल गर्न, आवश्यक मानवीय साधनको व्यवस्थापन र अन्य समन्वयात्मक कार्यमा आफ्नो सवारी साधन प्रयोग गरेर जान पाउने सरकारले नै निर्णय गरेको छ ।

त्यही भएर पनि होला – पछिल्लो समय काठमाडौं उपत्यकामा प्रेस लेखिएको गाडी जताततै देखिन्छ । उपत्यकाको अधिकांश सडकमा प्रेस लेखिएको गाडी र मोटरसाइकल हुइँकिरहेका छन् ।

के तिनीहरु सबै पत्रकार हुन् त ? कतिपय ठूला मिडिया हाउसका पत्रकारहरू समेत यतिबेला रोजगारी गुमाएर घरमा थन्किएर बसेका छन् । तरपनि सडकमा प्रेस लेखेको गाडी बढेको बढ्यै छ । अर्को कुरा अधिकांश पत्रकारको गाडी चड्ने हैसियत पनि छैन ।

कसलाई के थाहा गैरपत्रकारहरु प्रेस लेखेर जथाभावी हिँडिरहेको छन् भनेर ?  सम्बन्धित निकायले अनुगमन गर्नुपर्ने पनि होइन ? उपत्यकामा प्रेस लेखिएका महँगा गाडी हुँइकिरहेका बेला नेपाल पत्रकार महासंघले समेत आफ्नो चासो दिएको थियो ।

यस्तैमा सोमबार महानगरीय अपराध महाशाखाको टोलीले नक्कली प्रेस कार्ड बनाउँदै बिक्री गर्ने तीन जना र एक जना सेवाग्राहीलाई राजधानीको मुटु मानिने बागबजारबाट पक्राउ गर्यो । सो क्रममा पत्रकारका साथै स्वास्थ्यकर्मीको समेत नक्कली कार्ड बनाउने गरिएको खुलासा भयो ।

प्रहरीले छापा हानेर कालिका प्रिन्टिङ सपोर्टका सञ्चालक तेह्रथुम घर भएका ३६ वर्षीय लक्ष्मण न्यौपाने, न्यौपानेका स्टाफ बर्दियाका २३ वर्षीय श्रीराम खड्का, डिजाइनर नवलपरासीका २९ वर्षीय रमेश रेग्मीलाई पक्राउ गरेको छ । यस्तै एक सेवाग्राही समेत पक्राउ परेका छन् ।

ह्याम्स अस्पतालको स्टाफ भनेर स्वास्थ्यकर्मीको नक्कली कार्ड बनाउन लगाएका ३९ वर्षीय राजेन्द्रराज भण्डारी समेत पक्राउ महाशाखाले जनाएको छ । प्रहरीले न्यौपानेका कम्पनीमा छापा हानेको समयमा रेग्मी कार्ड लिन आएका थिए ।

पक्राउ परेका उनीहरुको साथबाट २१ थान पत्रकारको नक्कली कार्ड समेत बरामद गरिएको छ । बरामद कार्डमा प्रेस लेखिएको महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिनुभयो ।

‘स्वास्थ्यकर्मीको कार्ड समेत उनीहरुले बनाएर बिक्री वितरण गर्ने गरेको पाइएको छ,’ एसएसपी थापाले भन्नुभयो, ‘एउटा कार्डको ५०० रुपैयाँ लिने गरेको पाइएको छ ।’

होम डेलिभरी गरेमा एक सय रुपैयाँ बढी लिने गरेको उनीहरुले प्रहरीसमक्ष बयान दिएका छन् । कम्युटरमा कार्ड डिजाइन गरेर प्रिन्टमार्फत निकालेपछि कम्युटरमा केही पनि राख्ने नगरेको पाइएको एसएसपी थापाले बताउनुभयो। प्रेस र स्वास्थ्कर्मीको नक्कली कार्ड बनाएर बेच्ने गरेको सूचनाका आधारमा प्रहरी छापा मार्न पुगेको थियो ।

अभियुक्तहरुले नजिकका चिनेजानेका साथीहरुलाई नै बढी कार्ड बनाइदिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नजिकका साथीहरुलाई बनाउँदा–बनाउँदै अन्य व्यक्तिहरुलाई समेत बनाइदिने गरेको पाइएको छ ।एसएसपी थापाले पछिल्लो समय प्रेस लेखेको सवारी साधनलाई नरोक्ने भएको कारण प्रेस कार्डको दुरुपयोग बढेको दावी गर्नुभयो । ‘पत्रकारकै कार्ड देखाएर अवैध धन्दा समेत हुने गरेको छ,’ एसएसपी थापाले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आयोगको ठहर : सामाजिक सञ्जाल बन्दको विरोधबाट सुरु भएको आन्दोलन डिस्कर्डमा हिंसा योजना बन्दै उग्र भयो

जेनजी आन्दोलन : आयोगको ठहर – सुरक्षा संयन्त्रको समन्वय अभाव र ढिलासुस्तीले ठूलो क्षति भयो (प्रतिवेदन पूर्णपाठ)

सम्बन्धित

पहिल्यै लीक भएपछि कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न प्रधानमन्त्री बाध्य

आयोगको ठहर : सामाजिक सञ्जाल बन्दको विरोधबाट सुरु भएको आन्दोलन डिस्कर्डमा हिंसा योजना बन्दै उग्र भयो

जेनजी आन्दोलन : आयोगको ठहर – सुरक्षा संयन्त्रको समन्वय अभाव र ढिलासुस्तीले ठूलो क्षति भयो (प्रतिवेदन पूर्णपाठ)

‘हामीले शान्तिपूर्ण प्रदर्शन गरेका थियौं, तर भीडलाई रोक्न सकेनौं’ आयोजक सुदन गुरुङको आयोगमा दिएको पूर्ण बयान

जेनजी आन्दोलन : गुप्तचर र सुरक्षा निकाय पूरै ‘अन्धो’ रहेको आयोगको ठहर(पूर्णपाठ)

सामाजिक सञ्जालमा पेट्रोल बमको छलफल, सुरक्षा निकायलाई थाहै भएन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com