ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेलम्चीको पानी ल्याउन अझै तीन महिना लाग्ने


एबीसी न्यूज

काठमाडौं, २३ भदौ ।  बहुचर्चित एवं बहुप्रतिष्ठित मेलम्ची खानेपानी आयोजनाको पानी ल्याउन अझै तीन महिना लाग्ने भएको छ । काठमाडौँ उपत्यकाको दशकौँ पुराना खानेपानीको समस्या हल गर्ने उपायका रुपमा सो आयोजनालाई लिइन्छ ।

आयोजनाको सुरुङमा रहेको गेटको फ्रेम परिवर्तन गर्न समय लाग्ने हुँदा तत्काल उपत्यकामा पानी आउने सम्भावना नभएको बताइएको छ । खानेपानी मन्त्रालयले गत आर्थिक वर्षमा असार मसान्तसम्म उपत्यकामा पानी झार्ने र पाइपको परीक्षण गर्ने लक्ष्य लिएको थियो । अगामी दशैँसम्ममा उपत्यकावासीको घरघरमा पानी पु¥याउने लक्ष्य लिइएको भए पनि गत महिना भएको अकल्पनीय दुर्घटनाले यसलाई तीन महिना पर धकेलेको मन्त्रालयले जनाएको छ । गत महिनामा सुरुङ परीक्षणका क्रममा गेट भत्किएर दुर्घटना भएको थियो । खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दवाडीको संयोजकत्वमा भएको दुर्घटनासम्बन्धी अध्ययन गर्न गठित समितिले गेटभित्रबाट हुनुपर्नेमा बाहिरबाट राखिएकाले दुर्घटना भएको निष्कर्ष निकालेको थियो ।

सोही आधारमा त्रुटि सच्चाउन लागिएको हो । मानवीय क्षतिसमेत हुने गरी भएको सो दुर्घटनाको जिम्मेवारी परामर्शदाता र निर्माण व्यवसायीको रहेको छ । इटास कम्पनी परामर्शदाताका रुपमा रहेको थियो भने भारतीय कम्पनी पिआइएलले गेट निर्माण गरेको हो । आयोजनामा यस पहिले काम गरेको इटालियन कम्पनी सिएमसीले नै गेट निर्माण गर्न सो कम्पनीलाई लगाएको थियो । नेपाल सरकारसँग सिएमसीको ठेक्का रद्द भए पनि सोही कम्पनीले गेट निर्माणको बाँकी काम सम्पन्न गरेको थियो । समितिले गेटको फ्रेम नयाँ राख्नुपर्ने सुझाव दिएको छ ।

भारतीय कम्पनी पिआइएल निर्माणस्थल आएर हेरेर गइसकेको छ । कम्पनीसँग नयाँ गेट बनाउने गरी आयोजनासँग सहमति भएको थियो । कम्पनीले फ्रेम बनाएर ल्याएपछि पनि त्यसको जडान गर्न समय लाग्ने बताएको खानेपानी मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताउनुभयो । उहाँका अनुसार झण्डै २८ दिन फ्रेम त्यहाँ जोडिनका लागि समय लाग्नेछ । उहाँले भन्नुभयो, “यसैका आधारमा पनि कात्तिक मङ्सिरभन्दा पहिले पानी परीक्षण गर्न नसकिने देखिएको छ ।” सो गेटभित्रबाट खोल्ने गरी जडान गर्ने डिजाइन भए पनि बाहिरबाट खोल्ने गरी जडान भएको पाइएको थियो । अब गेट त्यही रहने र फ्रेम मात्रै भत्काएर नयाँ जडान गरिनेछ । फ्रेम जडानका लागि सुरुङभित्र आबश्यक पर्ने संरचना निर्माणको कामसमेत अघि बढाइने भएको छ । सो फ्रेम र गेटको अध्ययनका लागि परामर्शदता कम्पनीले थप विज्ञ ल्याउने तयारी गरेपनि धेरै जिल्लामा जारी भएको निषेधाज्ञाका कारण उनीहरु आउन सकिरहेका छैनन् ।

सुरुङमा गेटको फ्रेम परिवर्तन गरिने समयसम्ममा सुरुङमा पनि भेटिएका त्रुटि सच्चाउने काम अघि बढ्ने प्रवक्ता शाक्यले जानकारी दिनुभयो । परामर्शदाता कम्पनी र निर्माण कम्पनीकै त्रुटिका कारण सो दुर्घटना भएकाले त्यसको क्षति पनि सम्बन्धित कम्पनीले नै बेहोर्ने मनत्रालयले जनाएको छ । यसको जडानका लागि आयोजनाले रकम बेहोर्न नपर्ने बताइएको छ । त्यस्तै, सुरुङमा हाल निर्माणको काम गरिरहेको चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो कम्पनीले पनि बिज्ञ ल्याउन खोजे पनि अहिलेको अवस्थाका कारण ल्याउन नसकेको उहाँले बताउनुभयो ।

सुरुङमा नयाँ गेट जडानका लागि तयारी भइरहँदा सिनो हाइड्रो कम्पनीले हेडबक्सको निर्माण पनि सँगसँगै अघि बढाएको छ । गत चैतमा बन्दाबन्दीको समयदेखि नै निर्माणको काम गरिरहेको छ । कोभिड–१९ का त्रासका कारण कतिपय कामदार फर्किए पनि सो कम्पनीले उपलब्ध जनशक्तिबाट काम अघि बढाइरहेको थियो । बन्दाबन्दीको समयमा स्थानीय तहको अवरोध र निर्माण सामग्रीको अभावलगायतका समस्या भएकाले निर्माणमा केही बाधा पुगेको थियो । यी सबै समस्याबीच पनि निर्माण कम्पनीले निर्माणस्थलमा काम रोकेको छैन ।

आयोजनाको सुरुङमा प्राविधिक त्रुटिका कारण दुर्घटना भएको बताइएको छ । समितिले पछिल्लो समयमा प्राविधिक ‘डिजाइन रिभ्य’ नभएको पनि बताएको थियो । समितिले सुरुङमा रहेका चारवटै गेटमा पुनःअवलोकन ९रिभ्यू० गर्न पनि सुझाव दिएको थियो । गेटमा नटबोल्ट राम्रो नकसिएको पाइएको समितिको प्रतिवेदनमा उल्लेख छ । सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका–१ स्थित आयोजना निर्माणस्थलमा दुर्घटना भएको थियो । आयोजनाले १० दिनसम्म जम्मा गरेको पानी बाहिर निस्केको थियो । सो दुर्घनाका कारण कन्सलट्यान्ट दोर्जे पेम्बा र इञ्जिनीयर शेखर खनाल घाइते भएका थिए । दुर्घटनाका कारण इञ्जिनीयर सतीश गोहितको मृत्यु भएको छ । सवारीचालक राधाकृष्ण थापामगर अझैसम्म बेपत्ता भएका छन् । सुरुङ परीक्षणका लागि पानी भर्न झण्डै १५ दिन लाग्नेमा एक सातामा पानी बाहिर निस्केको हो । गत असार २१ मा पानी पथान्तरण गरिएकामा ३० असारमा दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com