ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना सङ्क्रमणः प्रदेश १ का प्रयोगशालाबाट एक लाखको परीक्षण, प्रदेश २ मा मृतक १०६,


एबीसी न्यूज
भाद्र २२, २०७७ सोमबार  ८ : ४६ बजे

विराटनगर,२२ भदौ ।  प्रदेश नं १ मा एक लाखभन्दा बढीको पिसिआर परीक्षण सम्पन्न भएको छ । स अहिलेसम्म एक लाख ३४८ जनाको परीक्षण गरिएकामा ९६ हजार १७१ जनाको रिपोर्ट नेगेटिभ एवं चार हजार १७७ को पोजेटिभ आएको छ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ४० हजार ६४३, प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरबाट ३१ हजार ३४३, कोशी अस्पताल विराटनगरबाट २५ हजार ४३६, मेची अस्पताल झापाबाट दुई हजार ८९१ र अन्य प्रयोगशालाबाट ३५ जनाको परीक्षण सम्पन्न भएको छ ।

प्रदेशमा मोरङ जिल्लामा सबैभन्दा बढी ३१ हजार २६७ जनाको परीक्षण गरिएकामध्ये दुई हजार ४५ जनामा सङ्क्रमण देखिएको छ । यसैगरी सुनसरीमा २३ हजार ६७९ र झापामा २३ हजार ५८५ जनाको परीक्षण भएको छ ।

प्रदेशमा अहिले चार प्रयोगशालाबाट पिसिआर परीक्षण हुँदै आएको छ । प्रदेशमा गत चैत १८, कोशीमा चैत २९, प्रदेश जनस्वास्थ्य प्रयोगशालामा वैशाख १९ र मेची अस्पतालमा साउन ३० गतेदेखि पिसिआर परीक्षण शुरु गरिएको मन्त्रालयले जनाएको छ ।

जनकपुर– प्रदेश नं २मा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या अब १०६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप पाँच जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएपछि प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङख्या १०६ पुगेको सामाजिक मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा सिरहाबाट ५६, धनुषाबाट ४२, महोत्तरीबाट ६, सर्लाहीबाट २० र पर्साबाट एक जना गरी १२५ नयाँ सङ्क्रमित थपिएका छन् । यससमेत प्रदेशमा सङ्क्रमितको सङ्ख्या ११ हजार २६१ पुगेको छ । तीमध्ये ९२ जना उपचार गराई आज निको भएर घर फर्केका छन् । यससमेत गरी अहिलेसम्म पाँच हजार ८३६ जना निको भएर घर फर्केका छन् ।

प्रदेशअन्तर्गतका १७४ क्वारेन्टिनमा आजसम्म ५४९ जना बसेका छन् भने होम क्वारेन्टिनमा एक हजार ७२६, आइसोलेसनमा ८५२ र होम आइसोलेशनमा चार हजार ४६७ जना बसेका छन् । केही दिनदेखि क्वारेन्टिन र आइसोलेशनमा बस्नेको सङ्ख्या क्रमिक रुपमा घट्दै गइरहेको तथा होम क्वारेन्टिन र होम आइसोलेशनमा बस्नेको सङ्ख्या वृद्धि भइरहेको छ ।

पोखरा–पोखरा औद्योगिक क्षेत्रको एक उद्योगका कार्यरत ५८ मजदूरमा कोरोना सङ्क्रमण देखिएको छ । पोखरा फुड्स प्रालिमा कार्यरत मजदूर कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएको पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष भूषणकुमार उपाध्यायले जानकारी दिनुभयो ।

यसअघि उक्त उद्योगमा कार्यरत ३३ जनामा सङ्क्रमण पुष्टि भएको थियो । आज सोमबार बिहान भएको परीक्षणबाट थप २५ जनामा सङ्क्रमण देखिएको हो ।

उपाध्यायका अनुसार औद्योगिक क्षेत्रमा ७६ उद्योग सञ्चालनमा छन् । हाल पोखरा फुड्समा कार्यरत मजदूरमा मात्र सङ्क्रमण देखिएको हो । उक्त उद्योग हाल बन्द गरिएको छ । यससँगै रम्बा जनरल प्रालि र पोखरा नुडल्स पनि अहिले बन्द छन् । यी सबैका सञ्चालक पूर्वमन्त्री हरिप्रसाद पाण्डे हुनुहुन्छ ।

यसैगरी गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज बिहान मात्र पोखरामा ३१ सहित प्रदेशभर ६७ जनामा कोरोना पुष्टि भएको छ । कास्कीको पोखरामा ३१, नवलपुरमा १५, गोरखामा १८ र तनहुँमा तीन जनामा कोरोना पुष्टि भएको हो । यससँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित दुई हजार ५९८ पुगेका छन् । नयाँ देखिएका ६७ सङ्क्रमित सबै कन्टयाक ट्रेसिङका आधारमा सङ्क्रमित भएका हुन् ।
कर्णाली– आयुर्वेद शाखा जुम्लाले यहाँका कोरोना सङ्क्रमितलाई योगाभ्यास गराउन थालेको छ । यहाँका विभिन्न आइसोलेशनमा रहेका सङ्क्रमितको प्रतिरक्षा प्रणालीमा सहयोग पु¥याउने उद्देश्यका साथ योगाभ्यास गराइएको हो ।

जुम्लाको चन्दननाथ नगरपालिकास्थित निर्माण व्यवसायी सङ्घको कक्षमा रहेको आइसोलेशनका कोरोना सङ्क्रमितलाई अहिले हरेक बिहान योगाभ्यास गर्न थालेका छन् । यहाँका विभिन्न आइसोलेशनमा रहेका कोरोना सङ्क्रमितलाई हरेक बिहान योगाभ्यास गराउन थालिएको आयुर्वेद शाखा जुम्लाका प्रमुख तथा आयुर्वेद चिकित्सक डा प्रतिभा शर्माले जानकारी दिनुभयो ।

“यसअघि जुम्ला हिमा गाउँपालिकाको कालिकाखेतुको आइसोलेशनका ४० सङ्क्रमितहरुलाई योग अभ्यास गराइयो”, रासससँग कुरा गर्दै डा शर्माले भन्नुभयो, “अहिले यहाँका २७ सङ्क्रमितलाई अभ्यास गराइरहेका छौंँ । सबैले निकै आनन्द लिएर अभ्यास गरिरहनुभएको छ ।”
योगाभ्यासले मानव जीवनलाई अनुशासित बनाउन, शुद्ध पार्न र मन शान्ति दिन सघाउने भएकाले हरेक व्यक्तिले गर्नुपर्नेमा उहाँको जोड छ । उहाँले अगाडि भन्नुभयो, “रोग प्रतिरक्षा प्रणाली कम भएपछि असर पार्न सक्ने अवस्थालाई ध्यान दिएर तीनदेखि सात दिनसम्मको योग अभ्यास शुरु गर्दा सङ्क्रमित निकै रुचि राखेर सहभागी हुनुभएको छ । हामीले सबै कोरोना सङ्क्रमितलाई अश्वगन्धा, स्टीमधु, अमला जस्ता आयुर्वेदिक औषधि पनि वितरण गर्दै आएका छौंँ ।”

उहाँका अनुसार यसअघि जुम्लाका विभिन्न क्वारेन्टिनका ८०० व्यक्तिलाई योगाभ्यास गराइसकिएको छ ।

आयुर्वेद शाखा जुम्लाका अध्यक्ष मनोज बुढाथोकी मगरले व्यक्तिले सही तरिकाले योगाभ्यास गरेमा उसको परिवार पनि लाभान्वित हुने बताउनुभयो ।

सुदूरपश्चिम–कैलाली लम्कीचुहा नगरपालिकाको गोरङ्गेस्थित नेपाली सेनाको पृतना तालीम शिक्षालयका ६३ जनामा आज कोरोना सङ्क्रमणको पुष्टि भएको छ । नगरपालिका, स्वास्थ्य शाखा प्रमुख जयन्ती बिसीले शिक्षालयका २४५ सैनिकको नमूना सङ्कलन गरिएकामा ६३ मा कोरोनाको पुष्टि भएको जानकारी दिनुभयो । शिक्षालयका १२९ जनाको नतिजा नेगेटिभ आएको जनाइएको छ ।

सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा आज गरिएको ४४५ नमूनाको परीक्षणमा ७६ जनामा सङ्क्रमित पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताउनुभयो । कोभिड–१९ बाट प्रदेशमा सबैभन्दा बढी प्रभावित कैलालीमा कूल सङ्क्रमित र सक्रिय सङ्क्रमित बिरामी बढ्दै गएका छन् । आजसम्म कैलालीमा छ, बझाङ र बाजुरामा दुईदुई तथा अछाममा एक गरी प्रदेशमा ११ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आयोगको ठहर : सामाजिक सञ्जाल बन्दको विरोधबाट सुरु भएको आन्दोलन डिस्कर्डमा हिंसा योजना बन्दै उग्र भयो

जेनजी आन्दोलन : आयोगको ठहर – सुरक्षा संयन्त्रको समन्वय अभाव र ढिलासुस्तीले ठूलो क्षति भयो (प्रतिवेदन पूर्णपाठ)

सम्बन्धित

पहिल्यै लीक भएपछि कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न प्रधानमन्त्री बाध्य

आयोगको ठहर : सामाजिक सञ्जाल बन्दको विरोधबाट सुरु भएको आन्दोलन डिस्कर्डमा हिंसा योजना बन्दै उग्र भयो

जेनजी आन्दोलन : आयोगको ठहर – सुरक्षा संयन्त्रको समन्वय अभाव र ढिलासुस्तीले ठूलो क्षति भयो (प्रतिवेदन पूर्णपाठ)

‘हामीले शान्तिपूर्ण प्रदर्शन गरेका थियौं, तर भीडलाई रोक्न सकेनौं’ आयोजक सुदन गुरुङको आयोगमा दिएको पूर्ण बयान

जेनजी आन्दोलन : गुप्तचर र सुरक्षा निकाय पूरै ‘अन्धो’ रहेको आयोगको ठहर(पूर्णपाठ)

सामाजिक सञ्जालमा पेट्रोल बमको छलफल, सुरक्षा निकायलाई थाहै भएन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com