ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एबीसी टेलिभिजनको पर्दाबाट संसारभरका साहित्यको इतिहास चियाउने मन छ’ (भिडियोसहित)


एबीसी न्यूज

 

काठमाडौं, २१ भदौ ।  गणतान्त्रिक नेपालको पहिलो न्यूज च्यानल एबीसी टेलिभिजनले गाउँ, शहर र दुनियाँ बिउँझाउने अभियानका साथ गाउँ, शहर र दुनियाँका खबरहरु जस्ताको तस्तै सम्प्रेषण र प्रवाह गर्दै आएको छ । र, भदौ १९ गतेबाट दिनबाट १२ औं वर्ष पूरा गरि १३ औं वर्षमा प्रवेश गरेको छ । यो सन्दर्भमा हामीले विभिन्न व्यक्तित्वहरुबाट शुभकामना, सुझाव र प्रतिक्रियाहरु लिएका छौं । यसै सन्दर्भमा वरिष्ठ गीतकार प्रा.डा.कृष्णहरि बरालसँग सपना थामी र ध्रुव अधिकारीले गरेको संवादको सारसंक्षेपः

गणतन्त्र नेपालको पहिलो न्यूज च्यानल एबीसी टेलिभिनजले आजबाट १२ औं बसन्त पार गरि १३ औं बसन्तमा प्रवेश गरेको छ । यो सन्दर्भमा यहा के भन्न चाहनुहुन्छ ?
झन्–झन् विकास हओस्…
ख्याती बढोस् तिम्रो नाममा !
१३ औं वर्ष लागेको मेरो शुभकामना !!

एबीसी टेलिभिजनले आफ्नो १२ औं वर्षको कार्यकाल पूरा गरि १३ औं वर्षमा प्रवेश गरेको छ । यानकी, अब टीन ! थर्टिन ! मा प्रवेश गरेको अवसरमा धेरै धेरै धेरै धेरै.. शुभकामना दिन चाहन्छु । म आफै पनि एबीसी टलिभजनको राम्रो दर्शक हुँ भन्ने लाग्छ । यसमा प्रसारण गरेका ज्ञानविज्ञानका सामाग्रीहरु, समाचार र सूचनाहरु मैले हेर्ने गरेको छु । यस अर्थमा मैले बधाई दिनुपर्ने निश्चितैप्राय छ ।

जहाँसम्म आजको सन्दर्भको कुरा छ, अलिकति साहित्यिक इतिहास, खेलकुदका ईतिहास, संसारमा के भईरहेको छ, त्यसको ईतिहास, विज्ञानका क्षेत्रमा भएका ईतिहासहरु । हुन त, आइरहेको छ, प्रचारको रुपमा तर अझ बढि प्रचारप्रसार गर्न सके एबीसीले अझ बढि दर्शक कमाउथ्यो भन्ने लाग्छ । आज देश र विदेशमा जति पनि एबीसीका दर्शकहरु हुनुहुन्छ, उहाँहरुलाई धेरै सोच र विचारका हुनुहुन्छ, हामीलाई धेरै–धेरै कुराहरु मनपर्छ । कसैलाई चलचित्रतिर ध्यान छ, कसैलाई खेलकुदतिर छ, कसैलाई कृषितिर होला ।

यी सबै खाले विषयहरु ल्याएर आगामी दिनमा विकसित गराउने दृष्टिकोणबाट अघि बढ्यो भने एबसिीको सिमा थप फैलिनेछ । यसले अझ बढी दर्शक कमाउनेछ, त्यसो त एबीसी टेलिभिजको दर्शक कम छैन, मैले अघि पनि भनिसकें । अझ फरदर एबीसीले विकास गर्दै जाओस् भन्ने म चाहन्छु ।

कोरोनाको जोखिम झन्–झन् बढिरहेको छ । यहाले लेख्नुभएको ‘मर्ने कसैलाई रहर हुँदैन तर नमरेको प्रहर हुँदैन’ भन्ने गीत त, अहिले त, झन् मार्मिक र सान्दर्भिक भयो नि ?

यो गीत, एउटा चलचित्रको लागि लेखेको हुँ, नाई नभन्नु – २ को लागि । त्यो कथामा एउटा बच्चाको मृत्यु हुने निश्चित थियो, ऊ एकदम सँगीतप्रेमी थियो र उसलाई गीत सिकाउनु पर्दाको क्रमलाई लिएर यो गीत लेखिएको हो । ‘मर्ने कसैलाई रहर हुँदैन तर, नमरेको प्रहर हुँदैन, भागेर जाऊँ कुन ठाउँ जाऊँ ?, मान्छे नमर्ने शहर हुँदैन –२’ ।

वास्तवमा मान्छे नमर्ने हो भने, त्यै दिनदेखि यो गीतको सार्थकता हराउँछ जस्तो मलाई लाग्छ । अहिले कोरोनाले ल्याईरहेको यो दुखद अवस्थामा यो गीतको अर्थ झन् बढेजस्तो लाग्छ । र नहोस्, मृत्यु नै नहोस्, यो हराओस् हाम्रो समाजबाट भन्ने म चाहन्छु । तर, कोरोनामा हामी अहिले भयवित छौं, यसका धेरै असरहरु हामीमा परिरहेको छ । शारीरिकरुपमा पनि छ, मानसिकरुपमा पनि उत्तिकै छ । तर पनि एकदमै डराईरहनुपर्छ जस्तो मलाई लाग्दैन ।

हामी सचेत भयौं भने, दुरी कायम गरेर बस्न सक्यौं भने, बेला–बेलामा हात धुन सक्यौं भने हामी आफैं यो रोगबाट बच्छौं जस्तो लाग्छ । कहिलेकाहीं हामी आफैं काललाई बोलाउँछौं, त्यो नआएपनि आईजπ आईजπ भनेर बोलाइरहेका हुन्छौं । दुरी कायम नराख्ने, हात धुनुपर्छ भनिराछ, हात पनि नधुने र भाईरसलाई बढ्नको लागि वातावरण मिलाउने यो चाही भाईरसको भन्दा पनि हाम्रो कमजोरी हुन्छ । तरपनि, घरभित्रको काम गर्न यसले रोकेको छैन ।

जस्तो मेरै सन्दर्भमा पनि लेखपढ गर्न यल्ले रोकेको छैन । कक्षा पनि हामी अनलाईनबाट चलाउन सक्ने अवस्थामा पुगेका छौं । हो अब, ईन्डिस्ट्रीहरु खोल्न यल्ले रोकिराखेको छ तर खेतबारीमा काम गर्न भने एउटा गह्रामा एक जनाले गोडमेल गर्न यल्ले रोक्दैन । यसकारण हात धोएर, दुरी कायम गरेर हामी कोरोनाबाट बचौं । यसको कारण कसैले मर्न नपरोस्, त्यसो त केहीका कारण पनि कोही मर्न नपरोस् । यो गीतको सन्दर्भमा मेरो अनुरोध यही छ ।

कोरोनाको सन्दर्भमा कुराकानी गर्दै गर्दा कृष्णहरि बराल एउटा गजल जोड्छन् । विशेषगरी कोरोनाले आफ्नै प्रिय, प्रियसी र प्रेमलाई पारेको असरलाई गजलमार्फत यसरी व्यक्त गर्छन् ऊनी ।
कु–बेलामा यो प्यार कसरी होला ? –२
निराकारमा आकार कसरी होला ?

गोली हान्दैछन् मै तिर ती दुश्मन् –२
भन्नुस् फूलको प्रहार कसरी होला ?

छिनोफानो बाँकी छ यो मुद्धाको – २
समस्या यो वारपार कसरी होला ?
छुनासाथ कोरोना सरिहाल्ने भो – २
हेरौं, यो प्रेम साकार कसरी होला ?

अनेक उल्झन्ले घेरिएको छु म,
गजल यो दमदार कसरी होला ?
कु–बेलामा यो प्यार कसरी होला ?

कोरोनाले प्रेमलाई समेत प्रभाव पारेपछि मानिसहरुले माहामारीमा भोगिरहेका कथाव्यथालाई अर्को कृष्णहरि बराल पुनः गजलमार्फत व्यक्त गर्छन् । विशेषत, आममानिसको जनजीवनका अन्तर कथाहरु जसलाई एबीसीले पनि सदैव आत्मबोध गर्न सकोस् भन्दै अर्को गजल पुनः राख्छन् ऊनी ।

हाम्रा यी आँखा केबल, हो हेर रुनलाई हो
जीवनको लक्ष्यचिताको आगो छुनलाई हो

हेर्नुस् ती बोट–बिरुवा आकाशतिरै पो बढ्छन्
जन्मेको हामी चाहीं, परदेशी हुनलाई हो

हाम्रो यो लक्ष्य पुरै घाम, जून छुने होइन
दालभातको लागि थोरै, थोरै त नुनलाई हो

कोरोनाकै कहरलाई एकछिन भएपनि भुलाउन उनले फेरी अर्को गजल सुनाउछन् । घर–घरमै बसेको बेला भौतिक दुरी टाढा भएपनि एकआपसमा आत्मीयता बढाउन सकिने, परवारमा सुखदुख साट्न सकिने भन्दै उनी भन्छन्,

माया हुन,ु मन नहुनु, यस्तो पनि कही हुन्छ ?
सास हुनु, जीवन नहुनु यस्तो पनि कहीं हुन्छ ?

के–के, के–के भनि दिक्क पा¥यो श्रीमतीले भन्दैथियो साईँला
पत्नी हुनु, गन–गन नहुनु, यस्तो पनि कहीं हुन्छ ?

फूलै–फूल त कहाँ पाईन्छ र ? टेक्नलाई सधैंभरी,
लक्ष्य हुनु, उल्झन नहुनु, यस्तो पनि कहीं हुन्छ ?

आँखा झिम्क्याएँ रे मैले, उँ त्यो राम्री केटीलाई
आँखा हुनु, झिम–झिम नहनु, यस्तो पनि कहीं हुन्छ ?
सास हुनु, जीवन नहुनु, यस्तो पनि कहीं हुन्छ ?

कृष्णहरि बरालका रसिला र मिजासिला गजल र संवादले हाम्रो एबीसीको १२ औं वार्षिकोत्सवमा थप उत्सव थपे झैं भइरहेको थियो । उनको प्रस्तुतिहरुले शुभकामनाहरु पनि झन्–झन् प्रगाढ बने झैं हामीलाई लागिराथ्यो । यसैक्रममा वार्षिकउत्सवकै अवसरमा अब एउटा व्यंग्य छ है, भन्दै आफ्नो एउटा सिर्जना यसरी पोख्छन्, र भन्छन् ।

विपना होईन, सपना सजाएर जिन्दगी बित्यो
खाएर होईन, मन–मनै अघाएर जिन्दगी बित्यो

वरको सिंको पर नसार्नेहरु पनि शहिद भए यहाँ
आफ्नो त सधैं रगत बगाएर, जिन्दगी बित्यो

बम्बैबाट ल्याईएका फूलकुमारीले मुख छोप्दै टिभबिाट भनी
सधैं–सधैं नै लाज भगाएर, जिन्दगी बित्यो

एउटा क्रान्तीकारी भन्दैथियो, संकटकालको बेला
अनुहार कहाँ हेर्नु ?, नकाव लगाएर जिन्दगी बित्यो

तपक्क π आँसु खसाएर नेपाल आमाले भनिन्
छोरा, सधैं – सधैं हात फिजाएर, जिन्दगी बित्यो

विपना होईन, सपना सजाएर जिन्दगी बित्यो
खाएर होईन, मन–मनै अघाएर जिन्दगी बित्यो

अन्तमा, साहित्यका माध्यमबाट समाज र देशका चित्रणहरुलाई, आममानिसका जनजीविकालाई कसरी प्रस्तुत गर्न सकिन्छ भन्ने लाग्छ, एबीसी लगायत आम मिडियाले यसको लागि के गर्नुपर्छ ? सुझाव दिनुहोस् न,

वास्तवमा समाजलाई परिवर्तन गर्न, थोरै भएपनि सहयोग गर्ने माध्यम साहित्य हो । र यसलाई संसारले मानिआएको छ । र त्यसमा पनि सबैभन्दा बढी प्रभाव पार्ने चाह िगीत र नाटकलाई मानिन्छ । गीत र नाटक चाही यस्ता विधा हुन्, जसले पढ्न नजान्ने मान्छेहरुले पनि पनि त्यसको विचारहरु बुझ्ने गर्छ । अन्य विधाहरु पनि उत्तिकै महत्वपूर्ण छन्, जुन पढेर सम्प्रेषण हुन्छ । टेलिभिजनहरुले कार्यक्रमहरु प्रसारण गर्दाखेरी सबभन्दा पहिले त, सामाग्रीको छनोट सबभन्दा महत्वपूर्ण हुन्छ ।

धेरै सामाग्रीहरु बजारमा आएका हुन्छ, ती सबै सामाग्रीहरु कति उपयोगी हुन्छन् ? कति हुँदैनन् ? कुनको कुन स्तर हुन्छ ? सबैभन्दा पहिला त्यो सोचनीय कुरा हो । सामाग्रीको कलेक्सन गर्नु एउटा कुरा हो र त्यसमा छान्नु अर्को महत्वपूर्ण कुरा हो । तसर्थ, हामीले प्रसारण गर्दा मुख्य–मुख्य ध्यानदिनुपर्नेतिर चाही नगएर, ध्यान दिनुनपर्नेतिर गयो भने चाहीं त्यो आफ्नो लागी पनि राम्रो हुँदैन, दर्शक, पाठकको लागि र समाजको लागि पनि राम्रो हुँदैन भन्ने म ठान्दछु । निश्चित समयभित्र बाँधेर काम गर्नुपर्ने हुन्छ, सबै त दिन सकिँदैन यसर्थ यो सोचेर काम गर्नुपर्ने हुन्छ ।
अर्को कुरा देश विकासको लागि राजनीति भएर मात्रै पुग्दैन ।

राजनीतिले मात्रै देश विकास हुन्थ्यो भने त हाम्रो देश कहाँ पुग्थ्यो, कहाँ पुग्थ्यो भन्ने लाग्छ मलाई । सबै किसिमको उत्तिकै महत्व, सबै विधाको उत्तिकै महत्व हुन्छ, अर्थशास्त्रको त्यत्तिकै महत्व हुन्छ, राजनीतिशास्त्रको त्यत्तिकै महत्व हुन्छ, साहित्यको त्यत्तिकै हुन्छ । विज्ञानको अझ बढी महतव होला । सबै कुरा मिलेर चाहीं, देश सभ्य, सुसंस्कृति र विकसित हुन्छ । एउटा मात्रै कुरा ल्याएर हुँदैन, राजनीतिका मात्रै कुरा गरेर हुँदैन । सबैले टाइम पाउनुप¥यो नि त ।

नत्र त, कसरी समाज सचेत हुन्छ , आफ्नो कुरा कसरी राख्न पाउँछ ? यो कुराहरुलाई पनि मिडियाले ध्यान दिनुपर्छ र समग् विकासमा मिडियाहरु लाग्नुपर्छ । जसले गर्दा सबै नेपालीहरुको स्तरोन्नति होस्, माथी–माथी पुगुन् । र नेपालीहरु नै नेपालै हेर्नको लागि चाही नेपाल आउने अवस्थाको सिर्जना हुन सकोस् । नेपालमा जे छ, त्यो अन्यत्र छैन, नेपाल जस्तो विकसित अरु देश छेन, नेपाल जस्तो ज्ञान–विज्ञानमा अरु देश छैन भन्ने अवस्थामा देशलाई पु¥याउनको लागि मिडियाहरुको एकदमै ठूलो भूमिका हुन्छ भन्ने म ठान्दछु र अझै सचेत भएर लाग्न म आग्रह गर्दछु । यही सुझावका साथ एबीसी टेलिभिजनलाई पुनः हार्दिक शुभकामना दिन चाहन्छु ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com