ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महामारीहरू समृद्धिको अवरोधक बन्न सक्ने – पूर्वउपाध्यक्ष डा स्वर्णिम वाग्ले


एबीसी न्यूज
भाद्र १३, २०७७ शनिबार  १२ : ४० बजे

काठमाडौं, १३ भदौ । नयाँ बानेश्वर स्थित मदन भण्डारी मेमोरियल कलेजले कोभिड–१९ पछिको विकासको बाटो’ शीर्षकमा वेविनार कार्यक्रम आयोजना गरेको थियो।

समृद्ध नेपाल निर्माणको लागि अहिलेको एक दशक सबै हिसाबले उपयुक्त भएकाले त्यसको सक्दो सदुपयोग गर्नुपर्ने राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा स्वर्णिम वाग्लेले बताएका छन्। पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले नेपालमा २४ वर्ष उमेरमुनीका युवा जनसंख्या कूल जनसंख्याको करिब आधा रहेको र यही युवा पुस्तालाई सहभागी गराएर

देशलाई समृद्धितर्फ लैजान सकिने कुरा बताए ।नेपालले आगामी एक दशकभित्र पूरा गर्ने गरी मुख्यगरी तीन वटा लक्ष्य लिएको बताउँदै वाग्लेले भने, “नेपालले अल्पविकसित मुलुकको सूचीबाट माथि उक्लिने प्राविधिक योग्यता पूरा गरेको जानकारी पनि दिए ।

त्यसबाहेक, सन् २०३० भित्र निम्न मध्यम आय भएको मुलुकहरूमध्ये सम्मानजनक स्थानमा पुग्ने र दीगो विकास लक्ष्यमा अधिंकाश लक्ष्यहरू पूरा गर्ने योजना नेपालले तय गरेको छ। वार्षिक प्रतिव्यक्ति आय तीन हजार अमेरिकी डलर पु¥याउँदा मात्रै नेपाल निम्न मध्यम आय भएको मुलुुकको सूचीको सम्मानजनक स्थानमा रहन सक्ने वाग्लेले बताए।

यी लक्ष्य पूरा गर्नको लागि आगामी एक दशकमा प्रत्येक वर्ष २० खर्ब रूपैयाँ नेपालले परिचालन गर्न सक्नुपर्ने वाग्लेको भनाई छ।अल्पविकसित मुलुककै सूचीमा भएको कारण अहिले नेपालले विदेशी दातृ निकायहरूबाट सस्तो व्याजमा प्रशस्त ऋण लिन सक्ने अवस्था भएकाले सस्तोव्याजका सकेसम्म धेरै ऋण परिचान गर्न  सक्नुपर्नेमा जोड दिए।

नेपालीहरूको प्रतिव्यक्ति आयमा सुधार आउने र देश पनि अल्पविकसित मुलुकबाट स्तरोन्नती हुँदा विदेशी निकायले पनि सस्तो ब्याजमा ऋण नदिने भएकाले अहिले नै त्यस्ता ऋण विकास  गतिविधिमा परिचालन गर्नुपर्ने वाग्लेले बताएका छन्। आगामी तीन दशकमा नेपाल समृद्ध मुलुक बन्न सक्ने आधार बन्दै गएको भएपनि ठूला प्राकृतिक प्रकोप, वातावरणीय परिर्वन र महामारीहरू समृद्धिको अवरोधक बन्न सक्ने उनले बताए। त्यसबाहेक, नेपालको दक्षिणतर्फ असाध्यै ठूलो जनसंख्या रहेकाले त्यसबाट हुने फाइदाको उपयोग गरी आर्थिक वृद्धिमा सहयोग पुग्ने योजना तय गर्नुपर्ने वाग्लेले बताएका छन्।

त्यसैगरी, बाढी नियन्त्रणका योजना सहित नेपालबाट दक्षिणतर्फ बग्ने पानीको सदुपयोग गर्न सक्दा पनि समृद्धि यात्रा छिटो र सजिलो हुने वाग्लेको भनाई छ। विश्व बैंकले एक हजारदेखि चार हजार अमेरिकी डलर प्रतिव्यक्ति आय भएको मुलुकलाई निम्नमध्यम आय भएको मुलुकमा सूचिकृत गर्छ। गत आर्थिक वर्षमा नेपालको प्रतिव्यक्ति आय बढेर एक हजार चार डलर पुगेको छ। सोही आधारमा नेपाल अहिले निम्न मध्यम आय भएको मुलुकमा सुचीकृत भएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भुकम्प पिडितलाई राहतदिने

ओलीको कडा निर्देशन: “सांसदहरूले पार्टीको लाइन बोल्नुपर्छ, व्यक्तिगत डम्फु होइन”

सम्बन्धित

सुरक्षा निकायको समन्वय अभाव र मिथ्या सूचनाको डढेलोः भदौ २३–२४ को ‘राष्ट्रिय क्षति’

भदौ २४ गते सरकारी, व्यापारिक र निजी भवनमा आक्रमण गर्ने को थिए ?

पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १५ रुपैयाँले बढ्यो

पहिल्यै लीक भएपछि कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न प्रधानमन्त्री बाध्य

सामाजिक सञ्जालमा पेट्रोल बमको छलफल, सुरक्षा निकायलाई थाहै भएन

सुकुमबासी बस्तीमा डोजर चलाउन बन्द गर्न माग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com