ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ललितपुरका ११ मतदानस्थल अति संवेदनशील


sharan sharan
मंसिर २०, २०७४ बुधबार  ९ : ५४ बजे

ललितपुरका ११ वटा मतदान स्थललाई प्रहरीले अति संवेदनशील सूचीमा राखेको छ। ललितपुरका दक्षिणी भेगमा पर्ने दुर्गम गाउँमा पर्ने मतदानस्थललाई अति संवेदनशील सूचिमा राखिएको छ। धेरै मतदाता भएका र दुर्गममा रहेका मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको ललितपुर प्रहरी परिसरका प्रवक्ता नरेन्द्र चन्दले जानकारी दिएका छन्।

अति संवेदनशील मतदान स्थलमा केहीमा इन्सपेक्टर तथा केहीमा सईको कमाण्डमा प्रहरी परिचालन गरिएको छ। झडप हुने सम्भावना रहेका स्थानलाई पनि अति संवेदनशील सूचीमा राखिएको छ। सुरक्षाको दृष्टिले ललितपुरका ५७ मतदान स्थललाई संवेदनशील र बाँकी ६३ स्थललाई सामान्य सूचीमा राखिएको छ।

काठमाडौं र भक्तपुरका एउटा पनि मतदानस्थल अति संवेदनशील सूचीमा छैनन्। काठमाडौंका तीन सय २० मतदान स्थलममध्ये एक सय ७१ सामान्य र बाँकी एक सय ४९ संवेदनशील छन्।
काठमाडौंमा दुई हजार तीन सय ३३ प्रहरी र दुई हजार सात सय ७६ म्यादी प्रहरी निर्वाचन सुरक्षामा खटिएका छन्। त्यस्तै, भक्तपुरमा ७८ मतदान स्थलमध्ये ३४ लाई संवेदनशील र बाँकीलाई सामान्यमा राखिएको छ।
बिहीबार हुने निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न अघिल्लो दिनदेखि नै सुरक्षा जाँच बढाएको महानगरीय प्रहरी आयुक्त एआइजी जयबहादुर चन्दले बताए। सबै मतदान स्थलमा मंगलबारदेखि कमाण्डरहरुलाई खटाइसकिएको छ। मतदान स्थलको सुरक्षामा विशेष ध्यान दिन प्रहरीलाई महानगरीय प्रहरी कार्यालयले निर्देशन दिएको चन्दले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

रुकुमपूर्वमा प्रचण्डको ८४ घण्टे भावनात्मक यात्रा: जनयुद्धको पुरानो पदचापदेखि समाजवादको नयाँ सपनासम्म

सम्बन्धित

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

रुसी सुरक्षा निकायद्वारा उफामा आतंकवादी हमलाको प्रयास विफल

काठमान्डौ ५ बाट कल्पना शर्माको उम्मेदवारी दर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com