ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तपाईँले कति रक्सी पिउनुभएको छ ? अब स्मार्टफोनले नै पत्ता लगाउनेछ


एबीसी न्यूज

काठमाडौं, ४ भदौ । अब तपाईँको स्मार्टफोनले नै तपाईँले कति रक्सी पिउनुभएको छ भनेर पत्ता लगाउन सक्नेछ।

हालै गरिएको एक अध्ययनले स्मार्टफोनले तपाईँले कतिबेला अत्यधिक रक्सी पिउनुभएको थियो भनेर तपाईँको हिँडाईलाई निगरानी गरेर पत्ता लगाउन सक्ने देखाएको छ ।

अमेरिकी अनुसन्धानकर्ताहरूले कसैले कानुनीरुपमा गाडी चलाउँदा पिउन पाईने सीमा भन्दा माथि पिएको थियो भनेर पत्ता लगाउन स्मार्टफोनमा भएका सेन्सरहरू प्रयोग गरेका छन् । पिट्सबर्ग विश्वविद्यालयको अध्ययनमा जब प्रयोगकर्ताहरू केवल १० कदम मात्र हिडेपनि फोनहरूले करिब ९० प्रतिशत शुद्धताका साथ गर्न सक्ने पत्ता लगाएका थिए ।

वैज्ञानिकहरूले आशा गरे कि यो खोजले डिभाइस अलर्टहरु विकास गर्न प्रयोग गर्न सकिन्छ, उदाहरणको लागि( मानिसहरूलाई नशामा मातेको बेलामा गाडि नचलाउन भन्नु ।

‘हामी जहाँ जान्छौं त्यहाँ वरिपरि हामीसँगै शक्तिशाली सेन्सरहरू लिएर हिँड्छौं,’ अग्रणी अनुसन्धानकर्ता ब्रायन सफोलेटोले भने, ‘हामीले तीनीहरूलाई सार्वजनिक स्वास्थ्यको सेवामा कसरी प्रयोग गर्ने भनेर सिक्नु आवश्यक छ।’

यस अध्ययनमा २१ देखि ४३ वर्ष उमेरका २२ जना सहभागीहरू थिए, जसलाई हरेक घण्टा उनीहरुको रगतमा प्रति १०० मिलिलिटरमा ८० मिलीग्राम मदिरा नपुग्दासम्म हरेक घण्टा भोडका र लाइम जूस पिउन दिईएको थियो ।

यो मात्राको मापदण्ड अमेरिका र बेलायतमा रहेको छ । तर अन्य देशहरुमा भने फरक फरक मापदण्ड तोकिएको छ ।

अध्ययनमा एउटा स्मार्टफोन उनीहरूको पछाडि बाँधिएको थियो, सहभागीहरूले हरेक दुई घण्टामा हिड्ने कार्य गर्थे र यसमा १० कदमका लागि सिधा लाइन हिँड्न, पछाडि फर्किन र फेरी सिधा हिँड्न भनिएको थियो ।

लगभग ९० प्रतिशतको समय, अन्वेषकहरूले उनीहरुको चालमा भएको परिवर्तनलाई फोनले गरेको हाईलाइटको माध्यमबाट सीमा नाघ्नेहरूलाई पहिचान गर्न सक्षम भएका थिए ।

यसमा एउटा अनुप्रयोगले प्रयोगकर्ताहरूलाई सूचित गर्न सक्दछ जो उनीहरू ड्राइभ गर्नु हुँदैन भन्ने अवस्थामा उनीहरू बिरामी छन भनि सोच्न सक्दैनन् ।

डा सफोलेटो रक्सीले मातेको अवस्थामा आफ्नो प्रिय मित्रलाई ड्रिङ्क एण्ड ड्राइभको घट्नामा गुमाएपछि यसबारेमा अध्ययन शुरु गरेका थिए । उनले प्रविधिको प्रयोग र हस्तक्षेपले यस्ता घट्नाहरु कम गर्न सकिने बारेमा १० वर्षदेखि अध्ययन गर्दै आएका थिए ।

यो अध्ययन नियन्त्रित र सानो तहमा भएको र आगामी दिनमा नयाँ अनुसन्धानहरुलाई सहयोगी हुने अनुसन्धानकर्ताहरुको भनाई छ ।

बीबीसी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com