काठमाडौं उपत्यकामा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं, ३१ साउन । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ८० जना, ललितपुरका ८ जना र भक्तपुरका १० मा कोरोना संक्रमण देखिएको हो ।

शुक्रबार मात्र काठमाडौँ उपत्यकामा ११९ जनामा कोरोना देखिएको थियो । संक्रमितहरु कुन स्थानको भन्नेबारे मन्त्रालयले खुलाएको छैन ।नेपालमा पछिल्लो २४ घण्टामा ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २६ हजार १९ पुगेको छ।

    Comment Here!


सम्बन्धित समाचार

View All