२४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ९९ पुग्यो



काठमाडौं, ३० साउन । पछिल्लो २४ घण्टामा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा थप ४ जनाको मृत्यु भएसँगै ९९ जना संक्रमितको मृत्यु भएको जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा नेपालमा थप ५९४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २५ हजार ५५१ जना पुगेको छ। पछिल्लो २४ घण्टामा थप २४० जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १७ हजार ७७ उपचारपछि निको भएका छन्।

    Comment Here!


सम्बन्धित समाचार

View All