ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल–भारतबीच भदौ १ गते परराष्ट्र मन्त्रालयस्तरीय वार्ता


एबीसी न्यूज

काठमाडौं, २८ साउन ।  नेपाल र भारतबीच जारी सीमा विवाद समाधानका लागि दुई देशका परराष्ट्र मन्त्रालयस्तरीय वार्ता हुने भएको छ । दुई देशबीचको वार्ता नेपालको राजधानी काठमाडौंमा भदौ १ गते हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

नेपाल–भारत परराष्ट्र मन्त्रालयस्तरीय वार्तामा नेपालका परराष्ट्र सचिव शंकरदास बैरागी र भारतको तर्फबाट नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा सहभागी हुनेछन् ।

दुई देशका परराष्ट्र मन्त्रालय स्तरीय वार्तामा आर्थिक तथा विकासको एजेण्डालाई समावेश गरिँदै आइएको छ । तर यस पटकको मुख्य एजेण्डा भने सीमा विवाद रहेको छ । नियमित एजेण्डामा छलफल गर्नेगरी सन् २०१६ देखि यस्तो वार्ता हुँदै आएको थियो ।

नेपाल सरकारको परराष्ट्र मन्त्रालयले भने यो विषयमा कुनै पनि प्रतिक्रिया दिएको छैन । तर, परराष्ट्र मन्त्रालयको उच्च स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय राजदूतको अनौपचारिक छलफल भए अनुसार भदौ १ गते वार्ता हुन थालेको हो ।

भारतीय सञ्चारमाध्यमले पनि नेपाल र भारतबीच भदौ १ गते वार्ता हुने दावी गरेर समाचार सार्वजनिक गरेका छन् । नेपालले नयाँ नक्सा सार्वजनिक गरेपछि दुई देशबीच संवादहीनताको अवस्था थियो । भारतले अतिक्रमण गरेका लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश गरेको नक्सा सार्वजनिक भएपछि भारत असन्तुष्ट छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com