ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना भाइरसले भन्दा पार्टीको भाइरसले दुःख दियो – मुख्यमन्त्री गुरुङ


एबीसी न्यूज
श्रावण २७, २०७७ मंगलबार  ६ : ३० बजे


एमबी आस्था
पोखरा, २७ साउन ।  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना भाइरस भन्दा पनि बढी पार्टीभित्रको भाइरसले दुःख दिएको टिप्पणी गर्नुभएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशले फोनिजको २१ औं स्थापना दिवसका अवसरमा आयोजना गरेको “कञ्चन पत्रकारिता पुरस्कार अक्षयकोष” घोषणा तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले प्रदेश सरकार आफ्नै स्रोत साधनले कोरोना भाइरसविरुद्ध लडिरहेको बताउनुभयो ।

गण्डकी प्रदेशमा कोरोना महामारीविरुद्ध लकडाउन गर्नुपर्ने अवस्था अहिले नरहेको भन्दै मुख्यमन्त्री गुरुङले कोरोना नियन्त्रणमा जनता पनि आफैं सचेत हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।  उहाँले काठमाडौंपछि गण्डकी प्रदेश र पोखरामा पत्रकारिताको व्यवसायिक विकास भएको जनाउँदै पर्यटन, कला, साहित्य र संस्कृतिको राजधानी मात्र होेइन पत्रकारिताको समेत राजधानी बनाउन पत्रकारहरुले सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा आफ्ना दिवंगत आमा बुबा वेदमान गुभाजू र नेत्रकुमारी गुभाजूको स्मृतिमा व्यवसायी एवं समाजसेवी विमलमान गुभाजूले स्थापना गर्नुभएको कञ्चन पत्रकारिता पुरस्कार अक्षयकोषको घोषणा गरिएको थियो भने सो पुरस्कारबाट कास्कीका अग्रज पत्रकार रुद्रबहादुर थापा र बागलुङका अग्रज पत्रकार राजेशचन्द्र राजभण्डारीलाई मुख्यमन्त्री गुरुङले पुरस्कृत गर्नुभएको थियो ।

गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव केदारनाथ शर्मा, फोनिज, गण्डकी प्रदेशका इञ्चार्ज हुम गुरुङ, अध्यक्ष एमबी आस्था, महासचिव रुद्रबहादुर श्रीस, प्रतिभा छनौट समितिका संयोजक अधिवक्ता सुरेन्द्र थापामगर, पुरस्कृत व्यक्तित्वद्वय थापा र राजभण्डारी, नेपाल पत्रकार महासंघ, कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठलगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनको सचिवालय टिम गठन :प्रमुख सल्लाहकारमा बेन, राजनीतिक सल्लाहकारमा असिम शाह अरु को को ?

अन्तर्राष्ट्रिय समुदायको तत्काल चासो : बालेन सरकारसँग काम गर्न उत्सुक छन् शक्ति राष्ट्रहरू !

सम्बन्धित

सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री पोखरेललाई

सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित भेटियो

अन्तर्राष्ट्रिय समुदायको तत्काल चासो : बालेन सरकारसँग काम गर्न उत्सुक छन् शक्ति राष्ट्रहरू !

बालेनलाई बधाई दिँदै मोदीले भने : “तपाईँसँग मिलेर काम गर्न उत्सुक छु”

बालेन सरकारका मन्त्रीहरूको विस्तृत प्रोफाइल: संगीतको स्वरबाट सिंहदरबारको सिंहासनसम्म !

प्रधानमन्त्री बालेनको शपथमा यसकारण गएनन् ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com