ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशभर निर्वाचनविरोधी गतिविधिमा आरोपमा ९५१ थुनामा, ६० ओटा हतियार बरामद


sharan sharan
मंसिर २०, २०७४ बुधबार  ११ : ३९ बजे

काठमाडौं,२० मंसिर । निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले देशका विभिन्न भागमा पक्राउ परेका नौ सय ५१ जनालाई पक्राउ गरी मुद्दा दायर गरेको छ।

पक्राउ परेकामध्ये ६ सय ८ जना नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता रहेको नेपाल प्रहरीका प्रवक्ता डिआइजी मनोज नेउपानेले जानकारी दिएका छन् । अन्य तीन सय ४३ जना हातहतियार बोकेको तथा झैझगडा गरेको आरोपमा पक्राउ परेका र तीमध्ये १० जना विभिन्न जिल्लामा बम विस्फोटमा संलग्नहरु रहेको नेउपानेले बताए ।

निर्वाचन सुरक्षा अभियानका क्रममा हालसम्म साना÷ठूला ६० थान हातहतियार बरामद भएको छ। त्यस्तै, ५२ स्थानबाट विभिन्न व्यक्तिलाई प्रहरीले विस्फोटक तथा शंकास्पद वस्तुसहित पक्राउ गरेको छ।
प्रहरीले दुई सय ५५ वटा गोली, २२ वटा डेटोनेटर, पाँच सय ५५ वटा जिलेटिन र १४ किलो बारुद बरामद गरेको छ। त्यस्तै, पटाका र फलामको सकेट समेत प्रहरीले विभिन्न जिल्लामा बरामद गरेको छ।

पक्राउ गरेर मुद्दा चलाइएकामा सबैभन्दा धेरै कास्कीमा ४२ जना छन्। त्यस्तै, दाङमा ४१, चितवनमा २४, पाँचथरमा र रुपन्देहीमा १६÷१६ जना थुनामा छन्। विस्फोटमा संलग्न अन्यको खोजी भइरहेको प्रवक्ता नेउपानेले बताए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?

ट्रम्प-सी शिखर सम्मेलनले के समाधान गर्न सकेन ?

सम्बन्धित

संसदमा हर्कराज राईको प्रश्नः के हाम्रो प्रधानमन्त्री अयोग्य र असक्षम बन्नुभएको हो त ?

थाइल्याण्डद्वारा कम्बोडियासँगको सामुन्द्रिक सम्झौता खारेज; अब ‘युनक्लस’ ढाँचाअनुसार वार्ता अघि बढाइने

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बस्दै

सुकुम्बासीमाथि ‘डोजर आतंक’ नसच्चिए प्रतिकार गर्ने कांग्रेसको चेतावनी

अध्यादेशबाट राज्य संचालन गलत ः जसपा नेपाल , अध्यक्ष, यादव, भिडियो

क्लासिक टेकको इन्टरनेट टिभी “अफर १ वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्“ अफर सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com